बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • दाङमा सीडीओ र डाक्टरबीच लडाइँ
समाचार

दाङमा सीडीओ र डाक्टरबीच लडाइँ

६ वैशाख,

काठमाडौं । देशभर कोराना भाइरस संक्रमणको जोखिम बढेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार सम्भव भएसम्मका सबै उपाय अपनाइरहेको छ । सिंहदरबारमा दैनिकजसो बैठक बसेर विभिन्न निर्णय गर्ने र निर्देशन दिने काम चलिरहेको छ ।

जिल्ला तथा स्थानीय तहहरूले केन्द्रीय नीतिअनुसार कोरोनाको रोकथामका लागि धमाधम काम गरिरहेका छन् । तर, दाङ जिल्लामा भने केन्द्र मातहतका सरकारका दुई प्रमुख अंगबीच पाखुरा सुर्कासुर्की छ ।

सदरमुकाम घोराहीमा केन्द्र मातहतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । त्यसको केही किलोमिटरको दुरीमा सिङ्गो जिल्ला हाँक्ने प्रमुख जिल्ला अधिकारी (सीडीओ) को कार्यालय छ । यी दुई कार्यालयबीच १५ मिनेटको पनि दुरी छैन । तर, भौगोलिक दुरीको के कुरा, सीडीओ कार्यालय र प्रतिष्ठान हाँक्ने जिम्मेवारी पाएका पदाधिकारीबीच मनको दुरी भने कोशौं टाढाको छ । प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाल र प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीबीचको दुरी बढेको धेरैलाई थाहा पनि थिएन। तर, दुवै जना एकअर्काबीच सामाजिक सञ्जालमा आरोपप्रत्यारोपमै उत्रिएपछि सबै कुरा छताछुल्ल भएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु