शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • स्थानीय सरकारले नै अहिले देखिएको समस्याको समाधान गर्नुपर्छ -राजु सुनार
जुनेली बिशेष

स्थानीय सरकारले नै अहिले देखिएको समस्याको समाधान गर्नुपर्छ -राजु सुनार

“हे अन्न, म तिमी नभए रहँदै रहन्न।” यो तस्वीरमा देखिएको, कुनै बिहे-रमाईलो वा महोत्सवको लागि हिँडेको लस्कर होइन। दिनभर काम गरेर बिहान बेलुका छाक टार्ने मजदुरहरुको खाने र बस्ने बिकल्प नभएपछि, देशमा लकडाउन नै भएपनी पैदल हिडेर गाँउ-घरसम्म जानका लागि सडकमा निस्केका गरिब मजदुरहरुको ताती हो।

कोरोना महामारिले देशमा लकडाउन छ। झन्डै एक तिहाइ मानिसहरु शहर बजारमा मजदुर छन। जसको एक दिन मात्र काम वा तलब रोकिदा छाक टार्न मुस्किल हुन्छ। “बिडम्बना ! राहतको नाममा यीनै मजदुरहरूको पालो आउने सम्भावना पनि देखिदैन। किनकी राहतमा पनि पहुंचदारहरुकै दबदबा भइरहेको छ।” सरकार ! लकडाउन त गर्यौ, गर्नुपर्छ र यसमा सबै जनताको साथ सहयोग पनि भएकै छ।

लकडाउन भनेर मात्र पुग्दैन। जनताको जीवन गुजाराका लागि गाँस र बासमा पनि उत्तिकै ध्यान दिन सक्नुपर्छ। आज देशलाइ बिपत्ति परेको बेला साथ दिइरहेका जनता नै भविश्यमा देशका कर्णधार हुन। “गरिब, निमुखा मजदुरहरुलाई, कि त स्थायी घरसम्म जाने ब्यबस्था गर। होइन भने उनिहरुको जिवनरक्षाका निमित्त लकडाउन नखुल्दासम्म राहतको ब्यबस्था गर।”

अहिले सबै राज्यको पावर जत्ति स्थानीय निकायलाई दिएको हुँदा, यस प्रकारका समस्याहरुलाई निराकरण गर्न स्थानीय सरकारले नै सक्छ र सक्नुपर्छ। अधिकार लिन जान्नेले कर्तव्य पनि पुरा गर्न सक्नु पर्छ। भोलिको दिनमा जनतानै रहेनन् भने सरकारको ढुकुटीमा जत्तिसुक्कै भए पनि त्यसको कुनै अर्थ हुँदैन। सोचौँ; अहिले नगरे, कहिले गर्ने ! हामीले नगरे कसले गर्ने ! जय नेपाल !!! जय मानव !!!

फेसबुक प्रतिक्रियाहरु