शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गाँजा खेति हैन अब धान, गहुँ, मकै, खेति गर्नु पर्छ – युवा नेता दिपक रिसाल
समाचार

गाँजा खेति हैन अब धान, गहुँ, मकै, खेति गर्नु पर्छ – युवा नेता दिपक रिसाल

चैत्र २९,

काठमाडौँ| कोरोना भाइरसको (कोभोड १९) को संक्रमणले निम्त्याएको लकडाउनबाट बिश्वोलाइ मात्र हैन नेपालाई पनि धेरै कुरा सिकाएको छ | काम नगर्दा खान नपाउने अबस्था र पैसा भएर पनि किनेर खान नपाउने अबस्थाले हाम्रो देश नेपाललाइ कृषिको सम्झना दिलाएको छ | संसादमा विधेयक दर्ता हुनु छुटै ठाउँमा छ, अहिलेको अबस्ठामा गाँजा हैन नेपालको उर्बर भूमिमा धान, गहुँ, मकै जस्ता कृषिबालिहरु लगाउनु पर्ने जरुरि देखिएको नेपालि काँग्रेस का महाधिबेशन प्रतिनिधि गोकर्नेश्वोर नगरपालिकाका प्रमुख सल्लाहकार तथा युवा नेता दिपक रिसालले बताएका छन् |

२०७६ फाल्गुन १९ गते प्रतिनिधि सभामा गाँजा खेतीलाई बैध बनाउने सम्बन्धी गैर सरकारी विधेयक (गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६) दर्ता भएको थियो । तर लकडाउन पछि भोकमरी लग्न सक्ने सम्भावना उच्च रहेको भन्दै जनताको भोकलाई गाँजाले समाधान नगर्ने, अब नेपालि जनताले धन, गहु, मकै, आलु, उत्पादन गरि आत्मानिर्भर हुनु पर्ने रिसालले बताएका छन् |

हाम्रो देश नेपाल कृषि प्रधान देश हो, तर नेपालको अधिकांश जमिन बाँजो बसीरहेका छन् | बाँजो जमिनलाई सधुपयोग गरेर सरकारले कृषिमा र पशु पालनमा जोड दिनु पर्छ | जसले गर्दा जस्तो सुकै समस्या आएपनि, महामारी आएपनि, नाकाबन्द भएपनि नेपाली जनता भोको भएर बस्नु नपर्ने रिसालको धारणा छ |

अब कृषिमा क्रान्ति नै ल्याउनु पर्छ भन्दै रिसलाले आफ्नो धारणा स्वरुप यी कुराहरुलाइ जोड दिएका छन् :

१. तराइको मलिलो कयौ जमिन बाँजो छन् ति जमिनमा मालिकले कि खेति गरु पर्ने हैन भने नियम बनाइ सरकारले कम्पनि वा व्याबसायिहरुलाई व्यावसायिक कृषि गर्न लिजमा दिने व्यबस्था गर्नु पर्छ, सिंचाई र मलको व्यबस्था पनि सरकारले गर्नु पर्छ |

२. कृषि उत्पादाले आत्मानिर्भर मात्र हैन सकेसम्म खाधान्न निर्यात गरि देशको अर्थतन्त्र वृद्धि गर्न सहयोग पुर्र्याउनु पर्छ|

३. बार्षिक अरबौको तरकारी आयातलाइ घटाउन तरकारी खेति गरि निर्यात गर्न सक्नु पर्छ |

४. स्याउ आँप सुन्तलालाइ व्याबसयिका खेति गरि जुस बनाउने प्रविधि ल्याउनु पर्छ |

५. गइ भैसि पालनामा विशेष जोड दिनु पर्छ जसले दुध र दुध बाट बन्ने परिकार उत्पादन हुन्छ , पसुबाट निस्केको मल मुत्रलाई खेतिबालका लागि महत्वपुर्ण हुन्छ |

६. कुखुरा, बाख्रा, च्यांग्रा पालनबाट आत्मा निर्भर मात्र हैन मासु निर्यात गर्न सकिन्छ |

७. बिदेशमा भएका नेपालिहरुलाई आफ्नी देशमा नै कृषि ऋण दिएर ब्याबसायिक बनाउन सरकारले प्रभावकारी नीति ल्याउनु पर्छ |

कृषिबाट अन्न उत्पादन भइ नेपालि जनताले खान पाउन पहिलो कुरा, तर भएको उर्बर भूमिमा गाँजा खेति लगाउनु ठिक होइन रिसालले जुनेली न्युजलाई बताए |

फेसबुक प्रतिक्रियाहरु