शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार
समाचार

कोरोना संक्रमित बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार

२८ चैत,

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को उपचारको क्रममा आईसीयूमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बिहीबार आईसीयूबाट बाहिर निकालिएको छ । तर, अझै केही दिन उनी अस्पतालमा नै बस्नेछन् । बीबीसीका अनुसार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा आइतबारदेखि उनको उपचार भइरहेको छ ।

जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो । जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनी आइतबार अस्पताल भर्ना भएका थिए । सोमबार उनलाई आईसीयूमा राखिएको थियो । यद्यपि उनलाई भेन्टिलेटरमा भने राख्नुपरेको थिएन ।

फेसबुक प्रतिक्रियाहरु