शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाजसेविद्वारा राहातको नाममा फर्म भर्न भनि मजदुरहरसंग उल्टो पैसा उठाइयो
समाचार

समाजसेविद्वारा राहातको नाममा फर्म भर्न भनि मजदुरहरसंग उल्टो पैसा उठाइयो

चैत्र २५ ,

काठमाडौँ | कोरोना भाइरसको आतंक  भए संगै लकडाउनको समयमा घरमै बसेका मजदुर र बिपन्न बर्गहरुलाइ राहत बाँड्ने नाउँमा  कगेश्वोरी मनोहरा नगरपालिका वडा नं ८ का समाजसेवीले स्थानिय मजदुर संग फर्म भर्न पैसा लाग्छ भन्दै २० रुपैयाको दरले पैसा उठाएको स्थानीयले बताएका छन् |

कोरोना भाइरसको आतंक भएसंगै लकडाउनको समयमा घरमै बसेका मजदुर र बिपन्न बर्गहरुलाई राहत बाँड्ने नाउँमा कगेश्वोरी मनहरा नगरपालिका वडा नं ८ का समाजसेवीले स्थानिय मजदुरसंग फाराम शुल्क भन्दै रु.२० रुपैयाको दरले पैसा उठाएको स्थानीय मजदुरहरूले बताएका छन्।

सरकारले राहत बाँड्ने भनि वडाका जनप्रतिनिधिहरुलाई जिम्मा दिएकोमा स्थानीय समाजसेवी भनेर देबी दिदि नामले चिनिने र साथीहरुले हरेक भाडावलासंग पैसा उठाएको ठहर छ। नाम संकलन गर्ने क्रममा पैसा लाग्छ भन्दै बिना नियम आफ्नै निर्णयमा कम्तिमा रु.२० देखी १८० रुपैया सम्म उठाएको स्थानीय मजदुर सोमा तामाङले बताएकी छिन। यस बिषयमा मजदुरहरुले स्थानीयले बुद्ध चोक टोल सुधार समितिका अध्यक्ष माईला तामाङलाई भन्दा समेत उल्टो “तिमीहरुको बाउको सम्पति हो” भन्दै धम्कि दिएर अपशब्द बोलेको मजदुर राजेन्द्र ज्योतिले बताएका छन्।

तेस्तै, सो वडामा सुकुमबासी ५० धुरी रहेकोमा कुनै परिवारलाई राहात नदिने भनिए संगै सुकुम्बासी कर्ण कुमार बिकले प्रतिनिधि जिताएर पठाइयो तर कुनै सहयोग भएन भन्ने गुनासो राखेका थिए।

उक्त कुरामा स्थानीय भाडावला मजदुर बिपन्न वर्ग सहित गरि १५० भन्दा बढी व्यक्तिहरु, हामीलाई राहात चाहिँदैन, हाम्रो फाराम शुल्क भनि लगिएको रु.२० रुपैया फिर्ता गर! भनि बिरोधको आन्दोलनामा उत्रिदा पैसा उठाउने महिला समाजसेवी देबी भनिने व्यक्ति जुनेली न्युजको क्यामाराबाट भागेकी थिइन् भने प्रहरीलाई समेत सुरक्षाको लागि बोलाइएको थियो।

हामी घरमै राहत ल्याईदिउला भन्दै आसश्वान देखाएपनि दुई दिनसम्म कुनै राहत नआएको स्थानिय मजदुरको गुनासो रहेको छ साथै ज्याला मुज्दुरी गर्ने बिपन्न बर्गले पाएनन् तर आफ्नै घर भएकाले राहात पाएको स्थानिय मजदुरहरूको आरोप छ।

फेसबुक प्रतिक्रियाहरु