शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • पुर्व राजाद्वारा कोरोना उपचार कोषमा २ करोड सहयोगको घोषणा
समाचार

पुर्व राजाद्वारा कोरोना उपचार कोषमा २ करोड सहयोगको घोषणा

१८ चैत,

काठमाडौं । मंगलबार पूर्वराजा ज्ञानेन्द्रले सन्देश जारी पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् ।

हिमानी कोषमार्फत् दुई करोड योगदान गर्ने घोषणा गरेका हुन् । ‘आपत-विपद्को घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषबाट  दुई करोड रुपैयाँ दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।

साथै लकडाउन बाध्यात्मक अनिवार्यता भएको भन्दै यसकोे पालनामा गैह्र जिम्मेवार हुने छुट कसैलाई छैन भन्ने सबैले बुझ्नुपर्ने समेत उनले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु