बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • जनताले लकडाउन पालना गरे तर सरकार काममा उदासिनता -दिपक रिसाल
समाचार

जनताले लकडाउन पालना गरे तर सरकार काममा उदासिनता -दिपक रिसाल

१. लक डाउनको बेलामा सरकारले वडा स्तरीय कमिटीमा जनप्रतिनिधि स्वास्थ्यकर्मी, सुरक्षा निकाय, स्वयमसेवक, राज्यसेवक कर्मचारी आदिलाई समन्वयन गरि हरेक आफ्नो वडामा विदेशबाट आएकाहरुको  तथ्याङ्क बनाइ  र उ संग भेटघाट भएका उयाक्तिलाई  सेल्फ करेन्टटाइनमा   राख्ने |

२. खुल्ला सीमा भएका चीन र भारत सँग समन्वयन गरी अत्यावश्यक सामान (खाद्यान्न, औषधि, ग्यास, पेट्रोलियम पदार्थ ) बाहेक मानिसलाई आवत जावत पूर्ण रुपमा बन्द गर्ने, नेपालहरु सीमा क्षेत्रबाट आउने भए स्वास्थ चेकअप गरी करेनटाइनमा राख्ने |

३. कोरोना भाइरसको लक्षण देखा परेमा ल्याब टेस्ट गराउने ।

४. लकडाउन लामो समय जान सक्छ वडा स्तरीय कमिटीमार्फत अत्यावश्यक खाद्यान्न सुपथ मूल्यमा उपलब्ध गराउने |

५. खाद्यान्नमा पनि कोरोना भाइरस रहने हुँदा खाद्यान्न लिदा दिदा सेनीटाइजर प्रयोग गरी मात्र वितरण गर्ने |

६. निजी  अस्पताललाई  बन्द गर्ने भन्दा पनि डाक्टरहरु कोरोना भाइरसबाट सुरक्षित रही सेवा गर्न  EPI, सेनेट्री ग्लोबस, मास्क र इन्सुरेन्स  गरी उपचारमा खटाउने ।

७.  सेवा गरी रहेका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, सुरक्षा निकाय मार्फत विदेशबाट आएकाहरुलाई निगरानीमा राख्ने र घरमै बसेका र  कवारेन्टाइनमा  बसेकाहरुलाई वडा कमिटि मार्फत   खाधान्न  लागि वडा कमिटीमा राख्ने ।

८. गोकर्णेश्वर नगरपालिकाले हेल्प डेस्क राखी सकेको छ,  स्थानीय डाक्टरहरु र नगरपालिका रहेमा अस्पतालका प्रतिनिधिहरुलाई समेत आफ्नो आफ्नो  जिम्मेवारी दिएको  छ  | साथै विदेशबाट आएका १२ जना व्यक्तिहरु गोकर्नेश्वोर नगरपालिकाको स्वस्थ बिभागमा सम्पर्कमा आएका छन्

फेसबुक प्रतिक्रियाहरु