बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • रामेछापमा रातारात मानिस आउनेको संख्या बढदै, १ सय ६७ क्वारेनटाईन बने, ५१ जना क्वारेन्टाईनमा
समाचार

रामेछापमा रातारात मानिस आउनेको संख्या बढदै, १ सय ६७ क्वारेनटाईन बने, ५१ जना क्वारेन्टाईनमा

क्वारेन्टाईन

 

चैत,१६,
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका लकडाउनको उलङगन भएको छ । नेपाल सरकार जिल्ला प्रशासनले लकडाउनको घोषणा गरेका छन् । आइतबार जुनेली न्युजसंग कुरागर्दै गाउँपालिकाका प्रमुख प्रेम बहादुर तामाङले पालिकामा लकडाउन लगाएको पछिल्ला दिनहरुमा ३÷४ गाडी मानिस भित्रीएको जानकारी दिनुभयो । भित्रीएकाहरुमा कुनै संकास्पद बिरामी नभेदिएको उहाँको भनाई छ ।

उहाँले विगतमा भक्तपुर इट्टा भट्टामा काम गर्नेहरुलाई त्याहाँको प्रशासनले फिर्ता पठाइदिएकाले लकडाउनको समयमा उनीहरु घर फर्किन बाँध्य भएका हुन । पालिकामा ६० को हाराहारीमा क्वारेन्टाईनहरु स्थापना गरिएको छ । त्यसैगरि पालिकामा स्थानीयहरुलाई पालिकाको गाडीबाट सुचनाबजाएर पनि घर बाहिर ननिस्कन आह्न गरेको जानकारी दिनुभयो । पालिका प्रमुखले अन्य मुलुकहरुमा बजार धेरै भएको र उनीहरुले कोरोना भाईरसलाई हेल्चेक्राई गर्दा सो रोग महामारीको रुपमा दाबी गर्दै आफ्ना जाता सचेत भएका कारण रोग फैलिन नसक्ने जिकिर गर्नुभयो ।
दोरम्बा गाउँपालिकाका प्रमुख कमानसिङ मोक्तानले पालिकामा कुनै प्रकारको बिरामी नभएको जानकारी दिनुभएको छ । पालिकामा १० भन्दाबढी क्वारेनटाईन बनाएको छ । पालिकामा रातारात मानिसहरु राजधानीलगायतका ठाउँबाट प्रवेश गरेका छन् । वैदेशीक रोजगारीबाट घर फेकेका र राजधानीबाट गाउँ प्रवेश गर्नेहरु बढदै गरेको प्रमुख मोक्तानले जुनेली न्युजलाई जानकारी दिनुभयो । लकडाउनको समयमा मात्रै ९०÷१०० जना मानिसहरु प्रवेश गरेको जानकारी दिनुभयो । ज्वारो जाँच गर्ने बाहेकका कुनै कोरोना भाईरस नियन्त्रण साधन नभएको कुराकानीमा बुझिएको छ । दोरम्बा गाउँपालिकाका सबै वडाहरुमा क्वारेन्टाईन बनाई सुरक्षित रहनको लागि सुरक्षाका उपायहरु अप्नाएको उहाँले बताउनुुभयो ।
यता रामेछापकी प्रमुख जिल्ला अधिरकारी रुद्रा देवी शर्माले जिल्लाको अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ । उहाँले विभिन्न नाकाबाट जिल्ला प्रवेश गर्नहरुको सवालमा जिल्लामा नियम कडाई गरेको दाबी गर्दै नागरिकहरु आफै सचेत हुनपर्ने तर्क गर्नुभयो । शर्माले सबै नागरिहरु सचेत हुनु जरुरीरहेको सचेत गराउनुभयो । स्थानीयह तहरुको प्रमुखहरुलाई नागरिहरुमा सचेत गराउने काममा पहिलो प्रथामिकतामा दिन सुझाव दिएको सुनाउनुभयो ।
हाल जिल्लामा १ सय ६७ वटा क्वारेन्टाईन बनाएको छ । ५१ जना क्वारेन्टाईनमा राखिएको छ तिमध्ये ४१ जना होम क्वारेन्टाईनमा बसेका छन् भने १० जना क्वारेन्टाईनमा राखिएको छ ।
जिल्लाबाट हालसम्म कुनै बिरामी बाहिर रेफर गरिएको छैन् । २४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई आवश्यक उपकरणहरु केही मात्र दिएको र अन्य सामाग्री ल्याउने तयारी भैरहेको जानकारी दिनुभयो ।

मिलन बि.क जुनेली न्युजका ब्यावस्थापक हुनुहन्छ । उहाँ रामेछापको रेडियो तामाकोशी र जनता भ्वास अन्लाईन्मा कार्यारत हुनुहन्छ ।

फेसबुक प्रतिक्रियाहरु