शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • रामेछाप नगरपालिकामा क्वारेन्टाईनमा बस्न मानेनन् संङ्कास्पद बिरामी
समाचार

रामेछाप नगरपालिकामा क्वारेन्टाईनमा बस्न मानेनन् संङ्कास्पद बिरामी

क्वारेन्टाईन

चैत्र, १६,
रामेछाप । रामेछाप नगरपालिकाका नगरप्रमुख नर बहादुर थापामगरले आफ्नो नगरपालिका भित्र ६० वटा क्वारेन्टाईन बनाएको जानकारी दिनुभएको छ । आइतबार जुनेली न्युजसंग कुरागदै उहाँले अहिले सम्म क्वारेन्टाईन्मा कुनै पनि मानिस नराखिएको बताउनुभएको छ । होम क्वारेन्टाईनमानै मानिसहरु राखिएको छ । ज्वारो आएका बिरामीहरु पनि क्वारेन्टाईन्मा बस्न नमानेको उहाँको गुनासो छ । त्याहाँ क्वारेन्टाईन्मा बस्नेहरुलाई नगरले खाना बस्नको ब्यवस्था पनि गरेको छ ।

नगरपालिकामा सम्भावित कोरोना भाइरसको संक्रमण नगरपालिका भित्र भित्रीन नदिन विदेशबाट आएका नागरिकहरुको तथ्याङ संकलनको काम भैरहेको प्रमुखले सुनाउनुभयो । जुनेली न्युजसंग कुराकानी गर्दै नगरप्रमुख थापामगरले भन्नुभयो,‘आइसोलेसन, क्वारेन्टाइनको व्यवस्था गरेका छौं, विदेशबाट आएका नागरिकहरुमा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले खोजी गरेर क्वारेन्टाइनमा राख्ने काम पनि सुरु गरेका छौं ।’

उहाँले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि २५ लाख रुपैयाँको आकस्मिक कोष स्थापना गरेको पनि जानकारी दिनुभयो । नगर कार्यपालिकाको बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गर्न २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो । तत्कालिन स्वास्थ्यको बजेट हालको आपतकालिन अवस्थालाई नियन्त्रण गर्न रकमको ब्यवस्था गरिएको हो ।

उहाँले स्वास्थ्यकर्मी र एम्बुलेन्स् चालकहरुले आफुसुरक्षीत नभएको गुनासो गरेको बताउनुभएको छ । जिल्लमा हालसम्मा विभिन्न देशबाट आएका ४१ जना नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुलाई सम्बन्धित स्थानीय तहले नै व्यवस्थापनको काम गर्दै आएका छन् ।

यो  अडियो सुनुस्

फेसबुक प्रतिक्रियाहरु