१४ असार, काठमाडौं । शनिबार बिहान बाराको निजगढ-१३ रतनपुर क्षेत्रमा हुलका हुल फट्यांग्राहरु देखिए । स्थानीयले त्यसबारे सोधखोज गर्न थाले । स्थानीय कृषि प्राविधिकहरु आइपुग्दा धेरै फट्यांग्राहरू बोट विरुवामा बस्न थालिसकेका थिए । प्राविधिक आएर हेरेपछि भनिदिए, ‘नेपालमा पनि सलह भित्रिएछ ।’ निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकालले अनलाइनखबरसँग भने, ‘अहिले खेतीपातीको समय भएकाले […]