जुनेली न्युज, बेलायत | बेलायतको मध्यभागमा बसोबास गर्ने नेपालीहरुको संयुक्त र नेतृत्वदायी समाज साझा नेपाली समाजको आठौं अधिबेशन यहि नोभेम्बर ३ गते वेस्ट मिडलैन्डको उल्भरहाम्टनमा हुने भएको छ । बेलायतका नेपालीहरुको ठुलो समाजिक संस्था साझा नेपाली समाजको आठौं अधिबेशन सम्पन्न गर्ने जिम्मेवारी प्राप्त गरेको निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद शर्माका अनुसार १० अक्टोबरमा दर्ता गरिएको मनोनयन अत्यन्त उल्लास जनक रुपबाट सम्पन्न भएको छ।
समाज अब मिडलैन्डवाली नेपालीहरु सबैको प्यारो बनेको प्रस्ट देखिएको छ। निर्वाचन समितिले पाएको मनोनयन लाई हेर्दा बिधानले ब्यबस्था गरेका केही पदेन पद बाहेकका सबै पदमा मनोनयन दर्ता भएको छ। बितेका दिनहरुमा म आफैले नेतृत्व गरेको यो समाजको लोकप्रियता अहिले मिडलैन्ड भरी फैलिएको र आफुले गर्व र हर्षको महुशुस गरेको बताए।
कार्यसमितिका अध्यक्ष दिपक सापकोटाका अनुसार यदि समाजमा हामी र हाम्रो भन्ने भावना फैलाउने हो भने समाज लोकप्रिय हुन लामो समय नलाग्ने रहेछ भन्ने आफुले अनुभव गरेको बताए।कार्यसमितिको अघ्यक्षको रुपमा काम गर्ने क्रममा राजनैतिक दृष्टिकोणको आधारमा कहि कसैलाई भेदभाव नगरेको र समाजको स्वार्थलाई हेरी निर्णय गरेको कारण समाज यो अबस्थामा आएको बताए।
त्यसै गरी समाजका महासचिव शशांक शर्माका अनुसार अध्यक्ष दिपक सापकोटा उमेरले युवा भएपनि बिभीन्न संघ संस्थाको नेतृत्व गरी अनुभव बटुली यो समाजको नेतृत्व लिनुभएको र कार्यसमितिका अन्य पदाधिकारीहरु पनि अनुभवि र नेतृत्व क्षमता युक्त भएकाले समाजले एकता,भाईचारा र समाजिक सहयोग बढाउन सफल भएको छ।
सबैका कुरा सुन्ने,बिचारको आधारमा निर्णय नगर्ने र कार्यक्षेमताको आधारमा जिम्मेवारी प्रदान गर्ने अध्यक्ष ज्युको स्वभावले कार्यसमितिमा जिम्मेवारी दिन सहज हुने र जिम्मेवारी प्राप्त गरेकाले कार्य पुरा नगरे अर्को जिम्मेवारी नदिने कारणले नै दुई बर्षको छोटो कार्यकालमा सबैले जिम्मेवारी पाएको र समाजले सबैलाई जोडन सफल भएको बताए।
साझा नेपाली समाजको यो आठौं अधिबेशन अभुतपुर्व एकताको हुने,बेलायत भरका सामाजिक अभियन्ताहरुलाई अतिथिको रुपमा बोलाउने,नेपाली कला र सस्कृतीको पर्दर्शन र प्रचार गर्ने, समाजमा काम गरेको रेकर्ड बनाउने मानसिकताले फडको मारी जिम्मेवारी लिन खोज्ने लाई दुरुत्साहित गर्ने,एक व्यक्ति एक पद,एकता भाईचारा र सामाजिक सहयोग यो आठौं अधिबेशनको लक्ष्य हुने महासचिव शर्माले बताए।
फेसबुक प्रतिक्रियाहरु