शुक्रबार, अशोज ३, २०८२
  • होमपेज
  • दक्षिणढोका उत्थान युवा क्लबले प्रहरी चौकीलाई सहयोग गरेको छ
Breaking News

दक्षिणढोका उत्थान युवा क्लबले प्रहरी चौकीलाई सहयोग गरेको छ

जुनेली न्युज, काठमाडौँ |

अर्याल गाउँ प्रहरी चौकीलाई दक्षिण ढोका उत्थान युवा क्लबले सामग्री प्रदान गरेको छ | क्लबले प्रहरी चौकीलाई खाना पकाउने भाँडाकुडा, सुत्नको लागि तान्न, सिरानी जस्ता सामग्री प्रदान गरेको छ |

जेन्जी आन्दोलनबाट काठमाडौँ जोरपाटी स्थित अर्याल गाउँ ग्रिन हिल सिटि छेउको प्रहरी चौकी ध्वस्त भएको थियो | स्थानीय सहितको सक्रियतामा सो चौकी पुन निर्माण गरि अशोज १ गते देखि सेवा सुचारी भएको छ |

दक्षिण ढोका उत्थान युवा क्लब र  स्थानीयले प्रहरीलाई स्वागत गरि शान्ति सुरक्षाको लागि प्रहरीले ड्युटी सुरु गरेको छ |

दक्षिण शोक उत्थान युवा क्लबले बिगत लामो समय देखि समाजमा धेरै सामाजिक कार्य गर्दै आएको छ | युवाहरुलाई खेलकुद प्रति जागरुक बनाउन विभिन्न खेलकुदका कार्यक्रम, स्वास्थ्य शिबिर, सरसफाई, गरिब र पिडित व्यक्तिहरुलाई आर्थिक सहयोग लगायतको सामाजिक कार्यमा गरि रहेको सो क्लब त्यस भेगको एक अग्रणी र जुजरु क्लब हो |

क्लबको बारेमा थोप जानकारी लिन यस लिंक हेर्नुहोला |

https://www.facebook.com/profile.php?id=61557431734960

 

फेसबुक प्रतिक्रियाहरु