प्रकाशित द्वारा: सोमवार, भदौ ३०, २०८२
जुनेली न्युज, काठमाडौँ |
जेन्जी आन्दोलनबाट परेको प्रभाव र अबको नगरपालिको कार्य बिषयमा कार्यपालिका बैठक बसी कागेश्वरी मनोहरा नगरपालिकाले यस्तो निर्णय गरेको छ |
आ.ब. ०८२ । ८३ मिति २०८२ ।५।२९ मा सम्पन्न कागेश्वरी मनोहरा नगरपालिका, नगरकार्यपालिकाको दोश्रो बैठकमा भएका निर्णयहरु देहाय अनुसार भएको व्यहोरा सम्पुर्ण महानुभावहरुलाई जानकारीको लागि अनुरोध छ ।
निर्णय नं. १
मिति २०८२ भाद्र २३ गते Gen-Z पुस्ताले गरेको प्रदर्शनमा आफ्नो जीवन साहदत प्राप्त गर्नुभएका युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने । सुशासन सहित सुधारको लागि उठाईएका एजेन्डा कार्यान्वयनमा नगरपालिकाको निरन्तरको प्रयास भईरहेको र थप सुधारका साथ अघि वढ्ने प्रतिवद्धता व्यक्त गर्ने ।
निर्णय नं. २
मिति २०८२ भाद्र २४ गते देशव्यापी रुपमा भएको ध्वंसात्मक गतिविधिको घोर भत्सर्ना गर्दै कागेश्वरी मनोहरा नगरपालिकाभित्र नगरपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य केन्द्र, खानेपानी आयोजनाको कार्यालय, प्रहरी चौकी / विट र नगर प्रमुख लगायत व्यक्तिगत बसोबास भएका निजी घर सम्पत्ति तोडफोड गर्ने, आगजनी गर्ने, चोरी गर्ने अराजक व्यक्ति, समूहलाई कानून बमोजिम कारवाही गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने ।
निर्णय नं. ३
मिति २०८२ भाद्र २४ गते देशव्यापी रुपमा भएको ध्वंसात्मक गतिविधिको सिलसिलामा कागेश्वरी मनोहरा नगरपालिका अन्तर्गतका पूर्ण क्षति भएका वडा नं. ७ र ९ को वडा कार्यालय र आंशिक क्षति भएका अन्य वडा कार्यालय र स्वास्थ्य केन्द्रको क्षतिको लगत तयार गरी तत्काल सेवा सुचारु गर्नुका साथै क्षतिको लगत संकलन गर्ने कार्य अघि बढाउन पुर्वाधार शाखाका प्रमुखको संयोजकत्वमा सम्वन्धित शाखाका शाखा प्रमुख सदस्य रहने गरी समिति गठन गर्ने र उक्त समितिले ३ दिन भित्र प्रतिवेदन पेश गर्ने ।
निर्णय नं. ४
कागेश्वरी मनोहरा नगरपालिकाभित्रको शान्ति सुरक्षाको अवस्थालाई विश्वसनीय, भरपर्दो र नागरिकलाई विश्वासयोग्य बनाउन टोलबासी, वडाबासीलाई सक्रिय सहभागिताको लागि आव्हान गर्ने र सुरक्षा निकायलाई तत् तत् स्थानमा अविलम्ब पुनस्थापना गरी आवश्यक पर्ने स्रोत साधनमा नगरपालिकाबाट पनि सहयोग गर्ने र नियमित परिचालन गराउने ।
निर्णय नं. ५
मिति २०८२ भाद्र २४ गते देशव्यापी रुपमा भएको ध्वंसात्मक गतिविधिको सिलसिलामा कागेश्वरी मनोहरा नगरपालिका कार्यालयको भवन तोडफोड गरी आगजनी गर्न आउने अराजक समूहसँग प्रतिवाद गरी नगरपालिका भवनलाई आगजनी र तोडफोड हुनबाट जोगाउन विशेष योगदान पुऱ्याउने नगर प्रहरी र स्थानीय समुदायलाई धन्यवाद व्यक्त गर्ने ।
निर्णय नं ६
हाल मुलुकमा देखिएको असहज परिस्थितिको समाधानका लागि लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनलाई गर्दै संबैधानिक मार्ग अवलम्वन गर्न सवैमा हार्दिक अपिल गर्ने
फेसबुक प्रतिक्रियाहरु