बुधबार, भदौ ११, २०८२
  • होमपेज
  • अर्थ समितिको २ बर्ष, अन्य समिति भन्दा अगाडी (हेर्नुहोस)
Breaking News

अर्थ समितिको २ बर्ष, अन्य समिति भन्दा अगाडी (हेर्नुहोस)

जुनेली न्युज, काठमाडौँ |

प्रतिनिधि सभाको नियमित कार्यमा सहयोग पुऱ्याउन बन्ने विभिन्न समिति मध्य अर्थ समितिलाई महत्त्वपूर्ण समिति मध्यमा लिइन्छ ।दलगत रुपमा विभिन्न समितिको सभापति चयन गर्दा अर्थ समिति नेपाली कांग्रेसको भागमा परेको छ। काठमाडौं क्षेत्र नम्बर-३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे यस समितिको सभापति छन् ।

प्रतिनिधि सभा अन्तर्गत विषयगत समिति र विशेष समिति गठन गर्न सकिने प्रतिनिधि सभा नियमावली-२०७९ अनुसार नेपाल सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउन सरकारबाट भए गरेका काम कारबाहीको अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रतिनिधि सभामा यस्ता १० वटा विषयगत समिति रहेका छन् ।

यी १० मध्ये अर्थ समिति एक महत्त्वपूर्ण समिति हो। अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, लगानी वोर्ड, राष्ट्रिय योजना आयोग, सम्बद्ध विषय तथा निकाय यसका कार्यक्षेत्र हुन् । अर्थ समिति सभापतिको निर्वाचन २०८० भदौ ११ मा सम्पन्न भई समितिको दशौं बैठक मार्फत सन्तोष चालिसे निर्विरोध निर्वाचित भएका हुन् । त्यसपछिका बैठक तथा समितिको नेतृत्व उनैले गरिरहेका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलका २४ जना सांसद यसका सदस्य छन् । सभापति चालिसेका अनुसार हाल सम्म समितिका ९२ वटा बैठक बसेर विभिन्न निर्णय गरेको छ। हालसम्म अर्थ समितिमा ७७ वटा उजुरी परेको पनि सभापति चालिसेले बताए। यसका साथै उजुरी छानबीन उपसमिति, समिति कार्ययोजना उपसमिति र वार्षिक प्रतिवेदन मस्यौदा उपसमिति पनि सक्रिय छन् ।

अर्थ समितिमा प्राप्त विधेयक सम्बन्धी विवरण
अर्थ समितिमा हाल प्रतिनिधि सभाबाट विधेयक उपर संशोधन प्रस्ताव सहित प्राप्त विधेयकको संख्या ७ वटा रहेका छन् । जसमध्ये बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०. समितिबाट मिति २०८१ भाद्र २४ गते पारित भै मिति २०८१ भाद्र २५ गते प्रतिनिधिसभामा प्रतिवेदन प्रस्तुत भै मिति २०८२ बैशाख २४ गते प्रमाणीकरण भै सकेको छ ।

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० समितिबाट मिति २०८१ पुष ११ गते पारित भै मिति २०८१ माघ २४ गते प्रतिनिधिसभामा प्रतिवेदन प्रस्तुत भैसकेको छ ।
भन्सार विधेयक, २०८० समितिबाट मिति २०८१ भाद्र २४ गते पारित भै मिति २०८२ बैशाख १४ गते प्रतिनिधिसभामा प्रतिवेदन प्रस्तुत भैसकेको छ ।

वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिबाट मिति २०८२ भाद्र ४ गते पारित भै मिति २०८२ भाद्र ५ गते प्रतिनिधिसभामा प्रतिवेदन प्रस्तुत भैसकेको छ ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) उपर छलफल भै रहेको छ । विधेयक उपर समितिमा सैद्धान्तिक, विभिन्न सरोकारवालहरु र विज्ञसँगको छलफल सकिएको छ र अबका बैठकहरुमा दफावार छलफल गर्ने गरी कार्ययोजना रहेको छ ।

फिर्ता विधेयक
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ समितिबाट मिति २०८१ माघ १८ गते प्रतिवेदन पारित भई मिति २०८१ माघ २४ गते प्रतिनिधि सभामा प्रतिवेदन प्रस्तुत भएको र मिति २०८१ माघ २७ गते प्रतिनिधिसभाको निर्णयानुसार फिर्ता भैसकेको सभापति चालिसेले जानकारी दिए।

त्यसैगरी समितिमा एउटा विधेयक विचाराधिन विधेयकको रुपमा रहेको छ। सभापति चालिसेका अनुसार धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ हाल बिचाराधिन अवस्थामा छ।

फेसबुक प्रतिक्रियाहरु