शनिबार, साउन १८, २०८२
  • होमपेज
  • मेरिल्याण्ड इङलिस् स्कुलको SEE उतिर्ण बिधार्थी अभिनन्दन तथा बधाई कार्यक्रम (तस्बिर सहित)
Breaking News

मेरिल्याण्ड इङलिस् स्कुलको SEE उतिर्ण बिधार्थी अभिनन्दन तथा बधाई कार्यक्रम (तस्बिर सहित)

जुनेली न्युज, काठमाडौँ

मेरिल्याण्ड इङलिस् स्कुलले SEE उतिर्ण आफ्ना बिधार्थीहरुलाई अभिनन्दन सहित बधाई शुभकामना कार्यक्रम गरेको छ | गोकर्णेश्वर नगरपालिका वडा नं ५ नयाँबस्तिमा रहेको यस स्कुलका बिधार्थिले २०८१ को SEE परिक्षामा १६ जनाले A+ र १५ जनाले A ग्रेड ल्याएका थिए |

बिधालय ब्यबस्थापन समितिका अध्यक्ष पेम्बा तामांगको सभापतित्वमा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल प्रमुख अतिथि रहेका थिए | साथै सो कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामंग, बरिस्ठ गीतकार श्रवन मुकारुंग, सफल सगरमाथा आरोही तथा प्रहरी नायक निरीक्षक कुन्जंग शेर्पा समेत बिशेष अतिथिको रुपमा रहेका थिए |

कार्यक्रममा मेरिल्याण्ड इङलिस् स्कुलका हाल कक्षा १० मा अध्ययनरत बिशार्थिहरुले विभिन्न आकर्षक लोक संस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए |

कार्यक्रममा बिशेष अतिथिको रुपमा रहेकी सफल सगरमाथा आरोही प्रहरी कुन्जना शेर्पाले बिधार्थिहरुलाई उत्प्रेरणा सहितको मन्तब्य दिएकी थिइन् | उनले
never give up, never regret भन्दै बिधर्थिहरूको आत्मा मनोबल बढाएकी थिइन् |

कार्यक्रमका प्रमुख अतिथि मेयर रिसाले मेरील्याण्ड स्कुल यस भेगकै सफल र राम्रो शिक्षा दिने बिधालय रहेको बथाउनु भयो |

माथि माथि शैलुंगेमा चौरी डुलाउनेलाइ गीतका गीतकार रचनाकार श्रवण मुकारुंगले बोल्दै बा आमाले र शिक्षकले भनेर मात्र हैन बिधार्थी आफैले आफ्नो प्रतिभा र सम्भावना चिन्न सक्नु पर्नेमा जोड दिएका थिए |

कार्यक्रममा प्रिन्सिपल झलक मान तामांगले सबै बिधार्थी, शिक्षक सहित अभिभावकलाई बधाई दिदै सिक्ने क्रम कहिल्यै नसकिने हुनाले नयाँ नयाँ कुरा सिक्न बिधार्थी सधै तत्पर हुनु पर्छ र सन्तुलित भएर पढाइ, व्यक्तिगत जीवन र करियरलाइ अघि बढाउनु पर्ने कुरामा जोड दिनु भएको छ |

कार्यक्रम नायाँबस्ति स्थित ड्रिम हाउस ब्यन्केटमा भएको थियो |

फेसबुक प्रतिक्रियाहरु