मङ्लबार, जेष्ठ ८, २०८२
  • होमपेज
  • गो.न.पा -५ जोरपाटीमा जेठ ७ मा बृहत रक्तदान हुदै, यी संस्थाले गर्दै छन् सहयोग
Breaking News

गो.न.पा -५ जोरपाटीमा जेठ ७ मा बृहत रक्तदान हुदै, यी संस्थाले गर्दै छन् सहयोग

जुनेली न्युज, काठमाडौँ |  गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को कार्यालय, ब्लड डोनेशन एशोसिएसन नेपाल (गोकर्णेश्वर नगर समिति) र सहयोगी संस्था “योगदान राष्ट्रको लागि” को संयुक्त आयोजनामा निःशुल्क रगत उपलब्ध गराउने लक्ष्य सहितको मासिक रक्तदान कार्यक्रम सञ्चालन हुन लागेको छ। यसमा नेपाल मेडिकल कलेजको प्राविधिक सहयोगमा गर्ने छ |

कार्यक्रम जेठ ७ गते भोलि बिहान १०:०० बजे देखि दिउँसो २:०० बजे सम्म गोकर्णेश्वर नगरपालिका वडा नं.५ को प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ।

स्वस्थ र इच्छुक व्यक्तिहरूलाई रक्तदानमा सहभागी भई समाजमा सकारात्मक योगदान पुर्‍याउन आयोजक तिम्ले अनुरोध गरेको छ | यो कार्यक्रम मार्फत रगत अभावका कारण ज्यान गुमाउने अवस्थाको अन्त्य गर्दै, गोकर्णेश्वर क्षेत्रलाई रगतका हिसाबले आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।

 

रक्तदान जीवनदान

फेसबुक प्रतिक्रियाहरु