सोमवार, कार्तिक ५, २०८१
  • होमपेज
  • मान्छे तर्सिने गरी पड्काउँदै हिँडेको मोटरसाइकलको फोटो पठाए ५ हजार पुरस्कार पाइने
गोकर्नेश्वोर बिशेष

मान्छे तर्सिने गरी पड्काउँदै हिँडेको मोटरसाइकलको फोटो पठाए ५ हजार पुरस्कार पाइने

जुनेली न्यूज, काठमाडौं।
गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र मोटर साइकलको साइलेन्सर मोडिफाई गरी ध्वनी प्रदुषण  गरी बाइक पड्काउँदै हिँडेको खबर Whatapp मा दिनेलाई नगरपालिकाले ५ हजार पुरस्कार दिने मेयर दिपक रिसालले घोषणा गरेका छन्।

पूरा विवरण जस्ताको त्यस्तै पढ्नुहोला।
प्रस्तुत विषयमा यस नगरपालिका क्षेत्रमा मोटर साइकलमा सवार गर्ने केही मोटर साइकल सवारी चालकहरुले मोटर साइकलको साइलेन्सर मोडिफाई गरी ठूलो ध्वनी प्रदुषण गर्दै पड्काउँदै चलाएको कारणले वातावरणीय एवं आम नगरबासीको अमन चैनमा खलल पुर्याएको पाइएकोले मोटर साइकलको रुप मोडिफाई नगर्नु हुन र गरिएको भए पनि सुधार गर्नु हुन सूचित गराईएकोमा हाल पनि केही मोटर साइकल सवारी चालकहरुले मोटर साइकलको साइलेन्सर मोडिफाई गरी चलाउने गरेको पाइएकोले उक्त कार्य गर्ने सवारी चालकको मोटरसाइकल नम्बर सहितको फोटो तथा विवरण तपसिल बमोजिमको सम्पर्क नम्वरमा उपलब्ध गराई सहयोग गरिदिनुहुन यो सूचना प्रकाशित गरिएको छ। उक्त सूचना उपलब्ध गराउने व्यक्तिको विवरण गोप्य राखिने साथै उक्त व्यक्तिलाई यस नगरपालिकाबाट रु. ५,०००/ (रु. पाँच हजार) प्रोत्साहन स्वरुप उपलब्ध गराइने व्यहोरा समेत सूचित गराईन्छ।
तपिसलः
सम्पर्क नम्बरः ९८५१२९६३१२
बोधार्थ:
श्री ट्राफिक प्रहरी बृत्त बौद्ध,

फेसबुक प्रतिक्रियाहरु