बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • “समाजवादको नयाँ मोडेल युवा पुस्तालाई देखाउनु आजको आवश्यकता हो”-डा.बाबुराम भट्टराई
Breaking News

“समाजवादको नयाँ मोडेल युवा पुस्तालाई देखाउनु आजको आवश्यकता हो”-डा.बाबुराम भट्टराई

जुनेली न्यूज, काठमाण्डौ | जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर गइरहेको बताएका छन् । नेकपा एमाले छाडेका माधव नेपालले नेकपा एमाले समाजवादी पार्टी गठन गर्नुले देश समाजवादको नयाँ मोडेल खोज्ने दिशातिर लागेको उनको भनाइ छ |

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले भने ‘हामी ७० आसपासकाले धेरै गर्न त नसकौंला तर युवा पुस्ता आएको छ, त्यसलाई नयाँ बाटो देखाइदिने आँट गर्ने हो भने नेपालले फेरि एकचोटी विश्वलाई नयाँ विचार र ज्ञान दिन सक्छ,’

‘एमालेभित्र विद्रोह गरेर माधव नेपालजीले एमाले समाजवादी भनेर फेरि अर्को पार्टी सुरुवात गर्नु भएको छ, यसले के देखाउँछ भने फेरि नयाँ समाजवादको मोडेल खोज्नेतिर देश गइराखेको छ र त्यो अबको आवश्यकता रहेको उनले बताए | उनले त्यसका लागि युवा पुस्तालाई नयाँ बाटो देखाइदिनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘एउटा बाघ बुढो भए पनि घाँस खाँदैन भनेझैं हामीले घाँस खान हुँदैन । घाँस नखाइकन हामीले हाम्रो ब्रह्मलाई केन्द्रमा ल्याएर सोच्यौं भने एउटा निकास दिन सक्छौं ।’

फेसबुक प्रतिक्रियाहरु