बुधबार, अशोज २, २०८१
  • होमपेज
  • बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ
दुर्घटना/अपराध

बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ

८ साउन, काठमान्डौ । ९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मध्यपुर ठिमी नगरपालिका-९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबाग रहेका छन् । राजबागलाई महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो ।सोही नगरपालिका-९ स्थित निलबाराही जंगलमा मादक पदार्थ सेवन गरी पूर्णले ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको प्रहरीले दाबी गरेको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु