साउन ८ ,काठमान्डौ | चितावानको भरतपुरमा नेपाली सेनामा कार्यरत भरत गुरुङको को हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् |
नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको बिहीबार भरतपुर महानगरपालिका वडा नम्बर १७ मा शव फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियो ।घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको थियो ।उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरी बिहीबार नै एकजनालाई पक्राउ गरेको हो । ती व्यक्तिको साथबाट एकथान हतियार समेत बरामद गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिंदै छ ।
फेसबुक प्रतिक्रियाहरु