पुस १७,
काठमाडौं । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँले बढेको छ ।
सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनकाे भाउ तोलामा ९४ हजार एक सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि हिजोजस्तै तोलामा एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि यसको असर पर्ने गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु