बुधबार, अशोज २, २०८१
  • होमपेज
  • कञ्चनपुरको दोधारा चाँदनी एक हप्तासम्मका लागि बन्द
समाचार

कञ्चनपुरको दोधारा चाँदनी एक हप्तासम्मका लागि बन्द

पुष ०२,

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्र एक हप्तासम्मका लागि बन्द गरिएको छ ।

विभिन्न जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी सहित समुदाय स्तरमा कोभिड १९ संक्रमण फैलिएपछि बिहीबार दिउँसो आकस्मिक बैठक बसी यही पुस ३ गते देखि एक हप्तासम्मका लागि दोधारा चाँदनी नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।

यस अवधिमा नगरपालिका र वडा कार्यालयहरूमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने, सबै शिक्षण संस्था पूर्णरूपमा बन्द गर्ने, बैंक तथा वित्तीय संघसंस्था र व्यापारिक पसलहरू बिहान १० देखि दिउँसो १ बजेसम्म मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले बताए ।

अत्यावश्यक कामकाज बाहेक घरबाहिर ननिस्कन नगरपालिकाले सार्वजनिक अपिल गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु