बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना संक्रमण पुष्टि
समाचार

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना संक्रमण पुष्टि

पुष ०२,

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनलाई संक्रमण पुष्टि भएपछि घरमै काम गरेर बसेको अन्तराष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् । ४२ वर्षीय म्याक्रोलाई कोरोना संग मिल्दोजुल्दो लक्षणदेखिएपछि गरिएको परिक्षणमा संक्रमण देखिएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ।

फ्रान्समा अहिलेसम्म २४ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने सङ्क्रमणका कारण ५९ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।

यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, ब्राजिलका राष्ट्रपति जायर बोलसोनारो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगायतलाई कोरोना भाइरसको सङ्क्रमण भइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु