बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • नेकपा परित्याग गरी लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकाका एक दर्जन कांग्रेसमा प्रवेश
रामेछाप बिशेष

नेकपा परित्याग गरी लिखु तामाकोशी र उमाकुण्ड गाउँपालिकाका एक दर्जन कांग्रेसमा प्रवेश

पुष ०१,

रामेछाप । नेपाली कांग्रेस लिखु गाउँपालिकाका नेताहरुको पहलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी एक दर्जन कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश गर्नेमा तत्कालिन नेकपा ऐमालेका क्षत्र नं १ का क्षेत्रिय सदस्य राष्ट्रिय वाणिज्य बैंक कर्माचारी संगठन रामेछापका पूर्व अध्यक्ष भरतराज खत्री प्रकाश खत्री समेत रहेका छन् ।

त्यस्तै अम्बर बहादुर थापामगर, हेमराज श्रेष्ठ, सन्त बहादुर थापामगर, सुन बहादुर तामाङ, उमेश थापा, तेज बहादुर थापा, तुल बहादुर थापा मगर, लोक बहादुर श्रेष्ठ, नबराज खत्री लिखु गाउँपालिकाका विभिन्न वडाका रहेका छन् ।

त्यस्तै उकामाकुण्ड गाउँपालिकाका बलराम खुलाल, अनुप कुमार सुनुवार,गोबिन्द खड्का, सुजन खड्का  रहेको नेताल तरुण दल रामेछापका सचिव जिवन कार्कीले जुनेली न्युजलाई जानकारी दिए  ।

कार्याक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने, पूर्वपार्टी सभापति रामचन्द्र खड्का, नेपाल विद्यार्थी संघका प्रमुख तथा प्रतिनिधि, तरुण दलका नेता र कांग्रेसका कार्याकर्ताहरुको सहाभागिता रहेको थियो ।

पार्टी प्रवेश गरे लगत्तै नवप्रवेशी इबेन्द्र दाहाल (उमेश) को अध्यक्तामा ७ सदस्यी खिम्ति-काठमाडौं सम्पर्क समिति गठन गरिएको रामेछाप- काठमाडौं सम्पर्क समितिका अध्यक्ष राजनारण श्रेष्ठले जनाकारी दिए ।

भिडियो 

 

फेसबुक प्रतिक्रियाहरु