बुधबार, अशोज २, २०८१
  • होमपेज
  • फेक आइडी बनाएर अशिल् सन्देश प्रभाह गर्ने सिन्धुपाल्चोकका नेपाली पक्राउ
समाचार

फेक आइडी बनाएर अशिल् सन्देश प्रभाह गर्ने सिन्धुपाल्चोकका नेपाली पक्राउ

कात्तिक २७,

काठमाडौं । फेसबुकमा फेक आइडी बनाएर अशिल् सन्देश प्रभाह गर्ने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला घर भैई चौतारा सागाँचोकगढी-४ बस्ने २० वर्षीय अखिल नेपाली रहेका छन् । उनलाई फेसबुकमा नाम परिवर्तन गरी आईडी बनाई अशिल्ल तस्बिर, भिडियो पठाएको आरोपमा जिल्ला अदलात काठमाडौंबाट पक्राउ अनुमती लिई काठमाडौं महानगरपालिका-२७ बाट पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

उनलाई बालिकाहरुको बारेमा यौेनअशिल्तायुक्त अनर्गल सामाग्रि पोष्ट गरी अपमान गर्ने, हैरानी दिने, कार्य गरी विधुतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको ठहर प्रहरीले गरेको प्रहरी प्रधान कार्यालयको साईबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिएका छन् ।

साथै त्यस्ता गतिविधी नगर्न समेत सचेत गराईएको छ ।

प्रेस विज्ञप्ति

फेसबुक प्रतिक्रियाहरु