साउन १६,
रामेछाप । राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यासमिति रामेछापले पूर्णता पाएको छ । बिहिबार रामेछापको सदरमुकाम मन्थलीमा एक कार्यक्रमका बिच समितिले पूर्णता भएको हो । जसमा संघको कार्याकारी अधिकार सहित एक वर्ष लामो तदर्थ समिति चलाएका तदर्थ समितिका अध्यक्ष रामचन्द्र घिमिरे (बि.क) ले हाल रेडियो तिनलालमा कार्यारत लेख बहादुर बिकलाई संघको अध्यक्षता सुम्पिएका छन् । लामो समय संचार क्षेत्रमा क्रियासिल बि कको अध्यक्षतामा सात सदस्यि समिति गठन गरिएको हो ।
जसमा उप–अध्यक्ष्यमा रेडियो तिफदिमा कार्यारत नबराज बि.क सचिवमा रेडियो तामाकोशीमा कार्यारत, रेडियो एनआरएनका जिल्ला रिपोर्ट र जुनेली न्यूजका संचालक मिलन घिमिरे (बि.क) कोषअध्यक्ष्यमा जनआकाश साप्ताहिकमा कार्यारत विन्दा तोलाङ्गे चयन भएका छन् । त्यसैगरि संघको सदस्यमा रेडियो रामेछापमा कार्यारत सिृजना रसाइली, करुण बराइली र रेडियो तिनलालमा कार्यारत सनिला बि.क चयन भएका छन् ।
कार्यासमिति गठन कार्यक्रममा नेपाल पत्राकार महासंघ रामेछापका पूर्व अध्यक्ष्यद्वय टिका भट्ट, हिमाल ढुङ्गेल, फोनिज रामेछापका अध्यक्ष नबराज श्रेष्ठ, डब्लुडब्लुजे रामेछापका शाखाकी अध्यक्ष्य ज्ञानु श्रेष्ठ,केन्द्रीय प्रेस संगठनका सदस्य सुमित श्रेष्ठ, संञ्चारीका महिला समूह रामेछापकी अध्यक्ष शान्त श्रेष्ठ, प्रेस युनियन रामेछापका प्रतिनिधि सन्तोष ढुङ्गेललगाएतको उपस्थिति रहेको थियो ।
नेपाल टेलिभिजनकी कार्याक्रम पस्तोता तथा रेडियो नेपालकी समाचार वाचिका एंव संघकी केन्द्रीय सदस्य कमला रसाइलीको उपस्थिति रहेको सो कार्याक्रममा सहभागी महासंघका पूर्व अध्यक्ष्यद्वयहरुले नवगठित संघका पदादिकारीहरुले पत्रकारीता क्षेत्रलेको विकासमा टेवा पुग्ने काम गर्न शुभकामना ब्यक्त गरे ।
केन्द्रीय सदस्य रसाइलीले आगामी केन्द्रीय महादिवेशनमा रामेछापको एक जना पदादिकारी केन्द्रीय कुनै पनि पदमा पार्नको लागि भुमिका खेल्ने विश्बास दिलाइन् ।
फेसबुक प्रतिक्रियाहरु