जुनेली न्युज, काठमाडौँ
गोकर्णेश्वर नगरपालिका आधारभूत तह (कक्षा ८) उतिर्ण समितिले कक्षा ८ को नतिजा प्रकाशन गरेको छ।
प्रकाशित नतिजा अनुसार संस्थागत र सामुदायिक विद्यालय गरी ७६.६८ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन्। जुन नतिजा अघिल्लो वर्षहरूको नतिजा भन्दा राम्रो रहेको नगर शिक्षा अधिकारी वीर बहादुर खड्काले बताउनु भयो।
साथै २ वटा विषय सम्ममा NG ( Not Graded) अथवा अनुतीर्ण भएका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। परीक्षा वैशाख ७ गते देखि १३ गते सम्म हुने जानकारी आएको छ |
तलको सुचना पढ्नुहोला
फेसबुक प्रतिक्रियाहरु