जुनेली न्युज , काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिकाभित्रका २ क्याम्पसमा गठबन्धनका उम्मेदवारलाई हराउदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापतिमा नेविसंघको प्यानलै विजयी भएको छ ।
थलीस्थित कान्तिपुर क्याम्पस र भद्रबासको सहिद आदर्श क्याम्पसमा सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीका साझा उम्मेदवार हराउदै नेपाली कांग्रेसको भात्रि संगठन नेपाल विद्यार्थी संघले विजयी हासिल गरेको नेविसंघका केन्द्रीय सदस्य सुबास फुयालले बताए|
नेविसंघका केन्द्रिय सदस्य असित मान श्रेष्ठका अनुसार कान्तिपुर क्याम्पसमा नेविसंघका आसु फुयाल १ सय १८ मतसहित बिजय भएका हुन् भने उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीकी इन्दिरा खप्तरीले ४७ मत प्राप्त गरिन् ।
सहिद आदर्श क्याम्पसमा राजेश तिमल्सिनाले ८९ भोट ल्याएर जित हासिल गरे भने उनका प्रतिष्पर्धी अनेरास्ववियुका महेश बस्नेतले ६३ भोट ल्याए ।
कान्तिपुर क्याम्पसको सभापतिमा अनेरास्ववियुले अखिल क्रान्तिकारीलाई सहयोग गर्ने र सहिद आदर्श क्याम्पसमा अनेरास्ववियुलाई अखिल क्रान्तिकारीले सहयोग गर्नेगरी तालमेल गरिएको थियो । तर दुवै क्याम्पसमा नेविसंघले जित हासिल गरेको हो ।
फेसबुक प्रतिक्रियाहरु