बिहिबार, चैत्र ७, २०८१
  • होमपेज
  • श्री समृद्धि बचत तथा ऋण सहकारी संस्था को ८ औं साधाणसभा सम्पन्न
Breaking News

श्री समृद्धि बचत तथा ऋण सहकारी संस्था को ८ औं साधाणसभा सम्पन्न

जुनेली न्यूज, रामेछाप

श्री समृद्धि बचत तथा ऋण सहकारि संस्था लि. काे आठाै बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । रामेछाप उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डारमा केन्द्रिय कार्यालय रहेको उक्त सहकारीले आफ्नो शाखाहरू रहेको सबै स्थानमा साधारण सभा सम्पन्न गरेको छ।

जसमा मंसिर १९ गते प्रिति सेवा केन्द्र, मंसिर २० गते कुबु सेवा केन्द्र, मंसिर २१ गते गुम्देल सेवा केन्द्र र मंसिर २२ गते केन्द्रीय कार्यलय उमाकुण्ड २ रत्नज्योतिमा सम्पन्न भएकाे हाे।

साधारण सभाको प्रमुख अतिथि उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर ब. सुनुवार, विशेष अतिथि समाजसेवि कुमार कार्कि, समाजसेवी गेल्जे लामाको उपस्थितिमा भएको साधारण सभामा ९ सयको हाराहारीमा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

सहकारीका अध्यक्ष शिव बहादुर बस्नेतकाे भावि कार्यक्रम सचिब जीवन घताने काे ०८०/८१ काे प्रगति प्रतिवेदन काेषाध्यक्ष लक्ष्मि बस्नेतकाे कुल सम्पति विवरण  बाईस कराेड पच्चिस लाख पचास हजार काे  आर्थिक प्रतिवेदन र लेखा समितिकाे लेखा सुपरिवेक्षण ०८०/८१ काे प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे  ।

सहकारीले स्थानीय जनताको हितमा काम गरेको र भावी दिनमा सेवा प्रवाहलाई अझ सहज र आकर्षक बनाउने योजना रहेको जानकारी भएको छ।

फेसबुक प्रतिक्रियाहरु