बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • राजनीति रङ, रिस, प्रतिशोध नराखी सहयोग गर्नुस, चुनावको प्रतिबद्धता स्मरण छ -मेयर महर्जन
Breaking News

राजनीति रङ, रिस, प्रतिशोध नराखी सहयोग गर्नुस, चुनावको प्रतिबद्धता स्मरण छ -मेयर महर्जन

जुनेली न्युज, काठमाडौँ |
तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले चुनाबमा गरेको प्रतिबद्धता स्मरण गरिरहेको कुरा उल्लख गरेका छन् | चुनाबमा भोट माग्ने बेला पार्टीले उठाएको एजेन्डा र म आफैले जनता सामू गरेको बाचा अनुसार काम गरिरहेको र भविष्यको दिनमा पनि गर्ने छौ भनि आफ्नो फेसबुकमा लेखेका छन् |
फेसबुकको अनुसारको जस्ताको त्यस्तै : 
तारकेश्वर नगरवासी सम्पूर्ण परिवारमा ,
शुभ विहानीको नमस्कार,
हामी हाम्रो एजेण्डा र नगरवासीमा गरेका प्रतिबद्धता स्मरण गरि रहेका छौ जुन,शुद्द खानेपानी सहित ‘एक घर एक धारा’ करका दायरा,सामुदायिक शिक्षामा गुणस्तरता,स्वास्थ्य,पुर्वाधार साथै क्रमिक रुपले अन्य कार्य योजना बिस्तार गरि नयाँ स्वरुप दिन हामी जनप्रतिनिधि लागी नै परिरहेका छौ र आजका मिति २०८१/०७/२५ गते आईतबार देखि ६ महिना अवधी भरमा मुख्य सडक सुधार , करिडोर सडक स्तरउन्नती, सुचना प्रणालीमा पहुँच,सुरक्षा यन्त्र तथा सुरक्षा फर्निचरमा ब्यवस्थापन,चोक-चोकमा High mast Light र अन्य नगर विकासका कार्य योजनालाई सबलिकरण गर्दै जाने छौ र यसमा कुनै राजनितिक रङ ,रिस ,प्रतिशोध नराखी कमिकम्जोरीलाई सल्लाह-सुझाव दिनुहुन र नगरपालिका हाम्रो हो र हामीले मिेलेर तारकेश्वर नगरपालिकालाई अझ व्यवस्थित, स्वच्छ, र समृद्ध बनाउनु पर्छ भनि सकारात्मक मानसिकता तयार गरि नगरपालिका बनाउने अभियानमा सहयोग, र सक्रिय सहभागिता जनाउनु हुन अनुरोध गर्दछौ। नगरपालिकाको प्रभावकारी कार्यान्वयन र विकासका लागि हामी सबैको एकतामा ठुलो शक्ति छ। नगरपालिकाले नगरवासीका कै आवश्यकताहरूलाई मध्ये नजर गरि प्राथमिकता दिन्छ र नगरको समृद्धि, विकास, र स्वच्छता कायम राख्न बौध्दिक ,बिज्ञ र अनुभवी राजनितिक दलका अग्रज एवं सहकर्मी साथी बिच छलफल अनुरुप नयाँ योजना र नीतिहरू लागू गर्न चाहन्छौ।साथै नगरपालिकाका काम र कार्यक्रमहरूमा सहभागी भइदिनुहोस्, आफ्ना विचार, सुझाव, र नगरवासीका हित र आवश्यकतालाई महसुस हुने खालका योजना प्रदान गर्नुहोस् र नगरका अल्पकालिन,मध्यमकालिन,दिर्धकालिन र गुरु योजना र कामलाई सफल बनाउन सहयोगको लागि अपिल गर्दछौ।यो मेरो नगर ,यो हाम्रो नगर हो भनि बुझेर नगरलाई स्वच्छ राख्न, सामाजिक कार्यमा योगदान दिन, र सहकार्यको वातावरण बनाउन हामी सबै मिलेर नगर बनाऔं।
जय नगरवासी!!!जय तारकेश्वर!!!जय नेपाल!!!
धन्यवाद!!!

फेसबुक प्रतिक्रियाहरु