शनिबार, फाल्गुन २४, २०८१
  • होमपेज
  • स्वास्थ्यमा नयाँ नयाँ काम गर्दै गोकर्णेश्वर नगरपालिका, फेरी अर्को काम जनता खुसि
Breaking News

स्वास्थ्यमा नयाँ नयाँ काम गर्दै गोकर्णेश्वर नगरपालिका, फेरी अर्को काम जनता खुसि

स्वास्थ्य क्षेत्रमा गोकर्णेश्वर नगरबासीलाई फेरी अर्को सेवा गोकर्णेश्वर नगरपालिकाले सुरु गरेक्जो छ | बिशेष गरि स्वास्थ्य क्षेत्रमा फरक फरक सेवा प्रदान गर्दै आइ रहेका मेयर दिपक रिसालले आज नगरपालिकाको वडा नं १ ओख्रेनी र मुलखर्कका बासिन्दाहरुलाई लक्षित गरि निशुल्क संचालन हुने गरि एम्बुलेन्स हस्तान्तरण गरेका छन् | स्वास्थ्य सेवाबाट कोहि जनताले बन्चित हुन नपरोस भनि आज नगर प्रमुख दिपक रिसाल सहितको नगरपालिकाको टिम गएर एम्बुलेन्स प्रदान गरेको हो |
“कोहि बिरामी पर्दा वा गर्भवती महिलालाई मिनी टाटा वा मानिसले बोकेर मध्य राति अस्पताल लागिएको थाहा पाए पछी सो २ गाउँ मुलखर्क वा ओख्रेनीको लागि मैले ड्राइभर सहित निशुल्क र २४ घण्टा चल्ने गरि यो सेवा प्रदान गरेको छु ” मेयर रिसालको भनाइ छ |
गोकर्णेश्वर बासीलाई निशुल्क स्वास्थ्य बिमा, नगर अस्पतालबाट बिशेषज्ञ सेवा लगायतका क्षेत्रमा जनातामुखी काम गर्दै आएको नगरपालिकाले छिटो र सहज सेवा पाउन भन्ने उदेश्यले एम्बुलेन्स प्रदान गरेका हुन् |
कार्यक्रममा उपमेयर सान्नानी लामा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, वडा नं २ क वडा अध्यक्ष द्वारिका श्रेष्ठ, पुर्व वडा अध्यक्ष राम मानन्धर, युवा तथा खेलकुद भिक्ष समितिका अध्यक्ष सन्जय लामा, गोकर्णेश्वर नगर अस्पतालका प्रमुख सृजना पाण्डय लगायत स्थानीय जनताको उपस्थीतिमा कार्यक्रम भएको हो |
नगर प्रमुखको यो कार्यलाई तपाइँ कसरी लिनु हुन्छ आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला |

फेसबुक प्रतिक्रियाहरु