बुधबार, अशोज २, २०८१
  • होमपेज
  • ‘बा आमालय नर्सिङ केयर होम’ जोरपाटीमा खुल्यो, यस्तो प्रभाकारी सेवा दिदै..
गोकर्नेश्वोर बिशेष

‘बा आमालय नर्सिङ केयर होम’ जोरपाटीमा खुल्यो, यस्तो प्रभाकारी सेवा दिदै..

जुनेली न्युज, काठमाडौँ |

जोरपाटी चामुण्डा मन्दिर नजिक बा आमालय नर्सिङ केयर होमको उद्घाटन भएको छ । मंगलवार संघीय सांसद तथा अर्थ समितिका सभापति माननीय सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केयर होमको उद्घाटन भएको हो ।

बा आमालय नर्सिङ केयर होमले अबसिया हेरचाह, डाक्टर चेकअप र परामर्श, सहयोगी जिवान हेरचाह, रोग बिज्ञान सेवा, स्ट्रोक हेरचाह, अल्जैमर लगायतमा महत्वपुर्ण सेवाहरी दिरहेको छ | केयर होमले वृद्ध तथा बिरामी जेष्ठ नागरिकलाई सेवा दिने, घर घरमा गएर फिजियोथेरापी सहितको सेवाप्रदान गर्नेछ ।

उक्त केयर होमका संचालक रजनी डंगोल साहुखाल, मोनिका केसी, रंजित कुमार बरही रहेका छन् भने गोकर्णेश्वर नगरपालिकाको फोकल पर्सनको रुपमा प्रतिभा भण्डारी थापा रहेकी छन् |

उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसालको विशेष आतिथ्यता तथा वडा नं ६ का वडा अध्यक्ष नवराज लामाको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं. ९ का वडा सदस्यहरु लक्ष्मी गुरुङ, उमेश चालिसे, श्रीकृष्ण कारञ्जित लगायतको उपस्थिती रहेको थियो । उद्घाटनका अवसरमा स्वास्थ्य परिक्षण तथा रक्तदान कायृक्रम समेत गरिएको थियो ।

थप जानकारीको लागि : 015904374, 9841401348, 9841638951, 9869666687, 9841312153,  +977 984-9261275

email: [email protected]

फेसबुक प्रतिक्रियाहरु