बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • पटक पटक अपराधिक घटनामा संलग्न व्यक्तिले गरेको कार्यक्रममा मन्त्री
Breaking News

पटक पटक अपराधिक घटनामा संलग्न व्यक्तिले गरेको कार्यक्रममा मन्त्री

काठमाडौं: स्वतन्त्र विद्यार्थी युनियन कोटेश्वर बहुमुखी क्याम्पसको  गत १९ गतेको तीज विशेष कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय हरि प्रभा खड्गीको प्रमुख आतिथ्यता रहेको । साथै विशिष्ट अतिथि रामेछाप जिल्लाको अघिल्लो निर्वाचन २०७४ का प्रदेश `क´ का सांसदका प्रत्यासि समेत रहेका रत्न बहादुर कार्की र पार्टी तथा भातृ संस्थाका केन्द्रीय सदस्यहरु समेतको उपस्थित रहेको थियो।

उक्त कार्यक्रमका संयोजक थिए वर्तमान स्ववियु सभापति समेत रहेका सञ्जय बुढाथोकी । बुढाथोकीलाई पछिल्ला विभिन्न घटनामा समेत अदालतले दोषी ठहर गरेको थियोे र पार्टीको निर्देशनमा नेविसंघको केन्द्रीय समितिले साधारण सदस्य समेत नरहने गरि कार्वाही गरेको छ।

विगतदेखि नै अराजक गतिविधि र गुण्डागर्दि जस्तो गर्दै आएका बुढाथोकी केही समय अगाडि मात्रै नेपाली काङ्ग्रेसको पार्टी कार्यलयमा स्ववियु परिषदका अध्यक्ष समेत रहेका निराजन नेपाललाई पार्टीको मिटिङ चलिरहेको समयमा कुटपिट गरि गम्भीर घाइते बनाएर फरार भएका थिए।

त्यसको केही समयपछि नेपाल कमर्स क्याम्पसमा मन्दिप शाहमाथि  भएको घटनामा दोषी ठहर भई केही समय कैद सजाय समेत भुक्तान गरि पार्टीका केही नेताहरुको मिलोमतोमा धरौटीमा रिहा भए। त्यसको लगत्तै  कोटेश्वर बहुमुखी क्याम्पसमा भएको इकाई गठनको विषयमा असन्तुष्ट भई टाउको फुटाउने तथा हातखुट्टा भाच्नेलाई केही रकम दिने भनी पुर्व इकाई सभापति समेत रहेका दिनेश कार्कीमाथि घटना घटाएका थिए ।

देउवा गुटका केही नेताहरु – उदय समशेर राणा, राजिव ढुङ्गाना, रत्न कार्की र प्रहरी प्रशासन समेतको संरक्षणमा यस्ता अराजक गतिविधि गर्दै आएको समेत पाइन्छ । यस्ता बारम्बार अपराधिक घटनामा संलग्न व्यक्तिलाई संरक्षण गरी कार्यक्रममा उपस्थिति हुनुले बाहालवाला मन्त्रीमाथि  समेत प्रश्न उठेको पाइन्छ ।

फेसबुक प्रतिक्रियाहरु