बुधबार, भदौ २६, २०८१
  • होमपेज
  • भारतमा भएको पाँचौ अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपालको टिम प्रथम, २२ स्वर्णपदक
गोकर्नेश्वोर बिशेष

भारतमा भएको पाँचौ अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपालको टिम प्रथम, २२ स्वर्णपदक

जुनेली न्युज,
भारतको कर्नाटका राज्यको शिमोगा सहरमा भएको पाँचौ सिमोगा अन्तरास्ट्रिय खुल्ला कराते प्रतियोगिता  “5th SHIMOGA OPEN INTERNATIONAL LEVEL KARATE CHAMPIONSHIP-2024” मा नेपाल टिम प्रथम भएको छ भने भारत दोस्रो र श्रीलंका तेश्रो भयेको छ ।
काठमाडौँ गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद बिकाश समिति अन्तर्गत कराते विधाका संयोजक तथा प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीको नेतृत्वमा खेल खेल्न गएका टिमले आफ्नो  उत्कृस्ट देखाई प्रथम हुन सफल भएको हो |
नेपालको तर्फबाट  खेलाडीहरुले २२ स्वर्ण ३ रजत र १ कास्य पदक हासिल गरेका छन । नेपाल बाट  प्रमुख प्रशिक्षक अरुण कुमार कार्की,  निर्णायक अजय भक्त श्रेष्ठ र अफिसियल भेश राज पौडेल सहित १३ जना खेलाडी गएका थिए |
May be an image of 9 people, people performing martial arts and text
खेलाडीहरुले प्राप्त गरेको पदक :
१ रन्जन कुमार सापकोटा – २ स्वर्ण र १ रजत
२ सन्देश कार्की – २ स्वर्ण
३ निशान तामाङ – २ स्वर्ण
४ विकल्प पान्डे – २ स्वर्ण
५ सुहाना कार्की – १स्वर्ण र १ रजत
६ सुस्तिका कुमारी – २ स्वर्ण
७ शिशिर नेपाली – २ स्वर्ण
८ एलेक्स तामाङ – १ स्वर्ण १ कास्य
९ संकल्प तामाङ -१ स्वर्ण १ रजत
१० युवराज गोले – २ स्वर्ण
११ बिबेक तामाङ – २ स्वर्ण
१२ शीर्षक कार्की – २ स्वर्ण
१३ नितिशा बुढाथोकी – १ स्वर्ण १ रजत
May be an image of 10 people, people performing martial arts, flag and text
टिम नेपाललाइ गोकर्नेश्वोर नगरपालिकाबाट बिधाई तथा जितको शुभकामना  दिदै नगर प्रमुख  दिपक कुमार रिसाल, नगर उपप्रमुख सान्नानी लामा , गो.न.पा.६  का वडाअध्यक्ष  नबराज लामा,  वडा ९ वडा अध्यक्ष  राजिब थापा,  युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष  सन्जय लामा  समितिका सदस्य ओम प्रसाद ढकाल,  मणिराम खबाश सहितको व्यक्तिहरुले विदाई गरेका थिए | शुभकामना दिनुहुने सबैलाइ प्रमुख प्रशिक्षक अरुण कुमार कार्कीले धन्यवाद दिनु भएको छ |
May be an image of 10 people, beard and text

फेसबुक प्रतिक्रियाहरु