आइतवार, पुस २७, २०८२
  • होमपेज
  • राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वनको पुस्तक बिमोचन, वन मन्त्रीले गरे प्रसंशा
Breaking News

राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वनको पुस्तक बिमोचन, वन मन्त्रीले गरे प्रसंशा

जुनेली न्युज, काठमाडौँ |

गोकर्णेश्वर नगरपालिकामा अबस्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वनले विभिन्न बिषयबस्तु समेटिएको पुस्तक बिमोचन गरेको छ | आज एक कार्यक्रम गरि वन तथा वातावरण मन्त्रि माननीय ऐन बहादुर शाहि ठकुरिको प्रमुख आतिथ्यतामा कार्यसमिती पुर्नगठन पदाधिकारि बिस्तारित बाेड सदस्य , आवद्ध साझेदारी , शुभेच्छुक साझेदारी संस्थाहरुमा प्रमाणपत्र वितरण तथा बिधान , कार्यविधि , निर्देशिका , नेपाल सरकारबाट राष्ट्रिय सहिद तथा शान्ति पार्क ,  निजामति स्मारक सामुदायिक वनकाे ऐतिहासिक निर्णय लगायत सन्दर्भ सामाग्री सङ्ग्रहित पुस्तक विमाेचन गरेको हो |

कार्यक्रममा मनानिया शान्ति श्रेष्ठ, महिला आयोगको सदस्य, गोकर्णेश्वर नगरपालिका मेयर दिपक रिसाल, उपमेयर सान्नानी लामा, नगर प्रबक्ता नारायण सुबेदी सहित सहभागि सहिद परिवार जनआन्दोलन घाइते याेद्धा , पत्रकार सबैलाइ राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामति स्मारक सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले   धन्यवाद तथा आभार व्यक्त गरेका छन् |

यस सामुदायिक वनको समितिले बाताबरण सम्बन्धि गरेको कार्यको प्रसंशा गर्दै आफ्नो मन्त्रालय मार्फत हने सबै सहयोग गर्ने मन्त्रि ठकुरीले बताएका छन् |

फेसबुक प्रतिक्रियाहरु