आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • उत्तम पौडेलको नेतृत्वमा रामेछाप सांस्कृतिक कलाकार समाजले नयाँ कार्यसमिति पायो, को को भए हेर्नुहोस
रामेछाप बिशेष

उत्तम पौडेलको नेतृत्वमा रामेछाप सांस्कृतिक कलाकार समाजले नयाँ कार्यसमिति पायो, को को भए हेर्नुहोस

जुनेली न्युज, काठमाडौँ |

रामेछाप सांस्कृतिक कलाकार समाजले उत्तम पौडेल नेतृत्व को  नयाँ कार्यसमिति पाएको छ। समाजको शुक्रवार १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन काठमाडौँको कोटेश्वर स्थित् सुनुवार सेवा समाजको भवनमा भएको थियो |

May be an image of 8 people, people smiling and text

रामेछाप जिल्लाका कलाकारहरु जसले कलाकरिताको बिभिन्न क्षेत्रमा रहेर काम गरि समाज, जिल्ला, देश र राष्ट्रलाइ नै चिनाउने बाटोमा हिडेका छन् ती सबै कलाकारलाई थप सहयोग गर्न, एक जुट भएर कार्य गर्न, परेको बखत कलाकारको संगठनले समाजसेवाका समेत कार्य गर्ने भनि रामेछाप कलाकार समाजको परिकल्पना गरि निरन्तर संचालनमा हाल वरिष्ठ उपाध्यक्ष भएकी सन्ध्या सानुले बताउनु भयो |

नयाँ नेतृत्व समितिको विवरण

  1. अध्यक्ष: उत्तम पौडेल
  2. वरिष्ठ उपाध्यक्ष: सन्ध्या घताने
  3. उपाध्यक्ष: गोबिन्द गौतम
  4. उपाध्यक्ष: कल्पना सुनुवार
  5. उपाध्यक्ष:राम कुमार नेपाली
  6. महासचिब : गुणराज श्रेष्ठ
  7. प्रबक्ता : खामेस श्रेष्ठ
  8. सचिब : सबिन चौहान
  9. सहसचिब : महेश सुनुवार
  10. कोषाध्यक्ष: संगीता केशी
  11. सह- कोषाध्यक्ष : बबिता पोख्रेल
  12. सदस्य : दिपक लाखे
  13. सदस्य : नकुल प्रसाद गौतम
  14. सदस्य : रिता कार्की
  15. सदस्य : बीरबल माझि

 

May be an image of 7 people, temple and text

रामेछाप घर भएर सांगीति क्षेत्रमा लागेकाहरूको उक्त समूहले गीत संगीतको क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । साथै कलाकारहरूको हक हितको सहित पीडामा परेकाहरूलाई सहयोग समेत गर्ने गरेको छ । कार्यक्रममा समाजले सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो|

May be an image of 5 people

समाजको यस अगाडि रामकुमार कार्कीको अध्यक्षतामा समिति रहेको थियो । उक्त समाजलाई हाल सम्म ४ जना अध्यक्षले हाँकी सकेका छन् भने अहिले बनेको पौडेल नेतृत्वको समिति ५ औ समिति हो |

May be an image of 11 people and text

May be an image of 3 people, flute, temple and text

फेसबुक प्रतिक्रियाहरु