आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • डा. शेखर समुहले प्रदेशमा मन्त्रीको भागबण्डा नपाएपछी काँग्रेस भित्र किचलो
Breaking News

डा. शेखर समुहले प्रदेशमा मन्त्रीको भागबण्डा नपाएपछी काँग्रेस भित्र किचलो

जुनेली न्युज, काठमाडौँ । सत्ताधारी नेपाली कांग्रेसमा प्रदेश सरकारमा मन्त्री चयनलाई लिएर किचलो सुरु भएको छ । सङ्घीय सरकारमा ४० प्रतिशत मन्त्री भागबन्डा पाएको डा.शेखर कोइराला समूहले प्रदेशमा मन्त्रीमा भाग नै नपाएपछि किचलो सुरु भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र पठाउने मन्त्रीहरूका सवालमा अहिलेसम्म शेखर समूहसँग सल्लाह र समन्वय नै नगरेको उक्त समूहका एक नेताले रातोपाटीलाई बताए ।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे कोइरालाको बिशालनगरस्थित सम्पर्क कार्यालयमा कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेको बुझिएको छ ।

छलफलले कोशीमा–२, बाग्मतीमा– ३, गण्डकीमा–२, लुम्बिनीमा– २, कर्णालीमा–१ र सुदूरपश्चिममा–१ जना मन्त्री शेखर समूहले पाउनुपर्ने अडान राख्ने निष्कर्ष निकालेको एक नेताले बताए ।

छलफल लगत्तै कोइरालाले देउवालाई फोन गरी आफ्नो समूहको धारणा सुनाएका थिए ।

‘अहिलेसम्म देउवाले कुनै जवाफ दिएका छैनन् । विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चार माध्यममा आएका समाचार बाहेक कोइराला पूर्णरुपमा बेखबर छन्’ ती नेताले भने– ‘देउवा नसच्चिए हाम्रो समूह कडा रूपमा प्रस्तुत हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु