शनिबार, भदौ २२, २०८१
  • होमपेज
  • गोकर्णेश्वर लाइट एकेडेमीमा तीन जनाको ४ जिपिए सहित एसइईमा उत्कृष्ट, स्कुलले गर्यो सम्मान
गोकर्नेश्वोर बिशेष

गोकर्णेश्वर लाइट एकेडेमीमा तीन जनाको ४ जिपिए सहित एसइईमा उत्कृष्ट, स्कुलले गर्यो सम्मान

जुनेली न्युज, काठमाडौँ  ।

गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर लाइट एकेडेमीका तिन विद्यार्थीहरुले माध्यमिक विद्यालय परीक्षा (एस इ इ) मा जिपिए ४ ल्याएका छन। २०८० चैत्रमा सम्पन्न भएको एस इ इ परिक्षामा सो विद्यालयका तिन छात्राले जिपिए ४ ल्याएका हुन्।

आज जोरपाटीमा रहेको छिमेकी पार्टी प्यालेसमा एक कार्यक्रम गरि एसइई मा उत्तीर्ण सबै बिधार्थीहरुलाई खादा, अबिर, गाउन सहित  मायाको चिनो दिएर बधाई तथा शुभकामना कार्यक्रम गरेको हो |  साथै उत्तीर्ण विधार्थीहरुका अभिभाबकलाइ समेत खादाले सम्मान गरिएको थियो |

कार्यक्रममा सभापति सोहि स्कुलका प्रिन्सिपल सौर्य आचार्य, प्रमुख अतिथि अर्थ समितिका सभापति माननीय सन्तोष चालिसे, बिशेष अतिथि गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, वडा नं ४ का वडा अध्यक्ष जयराम महत सहितको उपस्थिति रहेको थियो |

गोकर्णेश्वर लाइट एकेडेमीका छात्राहरु मेलम्ची नगरपालिका सिन्धुपाल्चोकका प्रीति पौडेल, एलिसा राउत र सुजाता चालिसेले जिपिए ४ ल्याउदै सफलता हासिल गरेका छन भने एक जनाले ३.९६, एक जनाले ३.९५ र चार जनाले ३.९१ जिपिए प्राप्त गरेका छन।

२०६४ सालमा स्थापना भएको गोकर्णेश्वर लाइट एकेडेमी २०७१ सालबाट एसईई परिक्षामा सहभागी भएको थियो। परीक्षामा ३६ जना सहभागी विद्यार्थीहरु मध्ये ३ जना को ४.० जिपिए सहित ३१ जनाको ३.६५ भन्दा माथि र ५ जनाले ३.४५ देखि ३.६० सहित समग्रमा ३.७७ जिपिए ल्याएर गोकर्णेश्वर नगरपालिकामा प्रथम हुदै काठमाडौं जिल्ला भित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालय भित्र पर्न सफल भएको छ ।

विद्यालयका प्रिन्सिपल सौर्यनाथ आचार्यले छात्राहरुले ल्याएका उत्कृष्ट नतिजालाई विगत १३ वर्षदेखिको स्कुलको निरन्तर लगाव, अभिभावकहरुको चासो, शिक्षकहरुको प्रयास र विद्यार्थीहरुको मेहेनतको एउटा कम्बिनेसन भएको बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु