आइतवार, अशोज २७, २०८१
  • होमपेज
  • नेपाल महिला संघ काठमाडौँ ३ ले गर्यो चियापान तथा सम्मान कार्यक्रम
गोकर्नेश्वोर बिशेष

नेपाल महिला संघ काठमाडौँ ३ ले गर्यो चियापान तथा सम्मान कार्यक्रम

जुनेली न्युज, काठमाडौँ |

नेपाल महिला संघ, काठमाडौं जिल्ला क्षेत्र नं.-३ क्षेत्रीय समिति एवं गोकर्णेश्वर नगर समितिको संयुक्त आयोजनामा आयोजित सम्मान तथा चियापान कार्यक्रम गरेको छ | आज जोरपाटीमा रहेको पिस ब्यन्केटमा महिला संघले संगठनको चलायमान तथा काँग्रेस क्षेत्र ३ बाट बिजयी भएर समाजमा गरेको राम्रो कामको प्रशंसा गर्दै जनप्रतिनिधिलाइ सम्मान समेत गरेको थियो |

नेपाल महिला संघ क्षेत्र कि सभापति लेख कुमारी पुडाशैनी साथै नगर सभापति लिला भट्टराई सभापतित्व र संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि काँग्रेस क्षेत्र नं ३ का सभपति तथा अर्थ समितिका सभापति माननीय सन्तोष चालिसे, त्यस्तै बिशेष अतिथिहरुमा राष्ट्रिय सभा सदस्य माननीय बिष्णु देबी पुडाशैनी, प्रदेश १ का माननीय छिरिंग दोर्जे लामा, प्रदेश २ का सभापति बिमल ठकुरी , गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल, वडा अध्यक्षहरु, इकाई सभापतिहरु सहितको उपस्थिति रहेको थियो |

कार्यक्रममा माननीय सन्तोष चालिसे, माननीय बिष्णु देबी पुडाशैनी, माननीय बिमल ठकुरी, माननीय छिरिंग दोर्जे लामा, मेयर दिपक रिसाल, नगर प्रबक्ता तथा वडा अध्यक्ष नारायण सुबेदी, काँग्रेस क्षेत्र नं ३ का महासमिति सदस्यहरुलाई सम्मानगरिएको थियो |

फेसबुक प्रतिक्रियाहरु