शनिबार, भदौ २२, २०८१
  • होमपेज
  • सर्वनाम शिक्षालयद्वारा SEE पास बिधार्थीलाइ बधाई, गोकर्णेश्वोरमा शैक्षिक नेतृत्व लिदै
गोकर्नेश्वोर बिशेष

सर्वनाम शिक्षालयद्वारा SEE पास बिधार्थीलाइ बधाई, गोकर्णेश्वोरमा शैक्षिक नेतृत्व लिदै

जुनेली न्युज, काठमाडौँ

गोकर्णेश्वोर नगरपालिका वडा नं ६ मा अवस्थित सर्वनाम शिक्षालयले निरन्तर विभिन्न क्रियाकलापहरु गर्दै आएको छ | आज असार १५ गते एस ई ई परिक्षा २०८० मा सो बिधालयबाट सहभागि भएका ८० बिधार्थीहरुले अहिले सम्मकै उत्कृस्ट नतिजा निकालेकोमा बधाई कार्यक्रम गरेको हो |

आज बिभिन्न शैक्षिक ब्यक्तित्व, अभिभाबक तथा बिधार्थिहरुको उपस्थितिमा Graduation and Felicitation Ceremony हर्सोउल्लासका साथ बधाई कार्यक्रम सम्पन्न गरेको छ |

सो कार्यक्रमका सभापति तथा प्रधानध्यापक दुर्गानाथ सिवाकोटिले भन्नु भयो, “प्ले ग्रुप देखि कक्ष १२ सम्म अध्यापन गराईने यस बिधालयले सबै उमेर र तह अनुसारका बिधार्थिहरुको रुचि र क्षमतालाई उजागर गर्दै अभिभाबक तथा राष्ट्रको सपना पुरा गर्न कुनै कसुर बाकि राख्दैनौ|”

यस बिधालयमा कक्षा ११, १२ मा बिषेश गरि Management संकायका उत्कृस्ट बिषयहरु Hotel Management, Computer Science का ब्यबस्थित कक्षाहरुलाई Technology संग जोड्दै आधुनिक शिक्षाको आवश्यकता पुरा गर्न सकेको छ, कक्षा ११ मा नयाँ भर्ना खुलिसकेको हुँदा बिधार्थिहरुले सो अबसर ग्रहण गर्न कार्यक्रम अवधिभर र अभिभाबक तथा बिधार्थिहरुको उत्साह नियाल्दा बिधालयको सफलता स्पष्ट देख्न सकिन्थ्यो |

समय समयमा बिधार्थी, अभिभाबक, शिक्षाकर्मीहरुको मनोविज्ञानलाइ मध्यनजर गरि हौसला बढाउने बिभिन्न कार्यक्रमहरु गर्दै आएको यस स्कुलले यस्ता विभिन्न प्रकारका क्रियाकलापले समाजका हरेक पक्षहरुको हौसला बढाई सकरात्मक भावको विकासमा उर्जा भर्न सकेको छ।

यस बिधालयले कहिले वातावरण संरक्षणका बिषयमा समाजमा जनचेतना अभिबृद्धि गर्ने, महिला हिँसा बिरुद्ध कार्यक्रम गर्ने, कहिले दुर्वेशनी बिरुद्ध सामाजिक क्रियाकलापमा सहभागि भै शैक्षिक तथा सामाजिक उत्तरदायित्व बहन गरिरहेको छ।

कार्यक्रममा सबै बिधार्थिहरुलाई अभिभाबक संगै  गाउन, ह्याट र पुरस्कारको साथ गरेको सम्मान निकै आकर्षक र लोभलाग्दो देखिन्थ्यो । उत्कृस्ट  नतिजाको प्रतिबिम्ब उपस्थित अभिभाबक, बिधार्थि तथा बिधालय संचालकको अनुहारमा छर्लङ्ग देख्न सकिन्थ्यो ।

कार्यक्रममा बर्तमान कक्षा १० अनि पासा आउट कक्षा १० का बिधार्थिहरुका साङितिक प्रस्तुतिहरुले कार्यक्रमको रौनक फरक पारेका थिए। केहि अभिभाबकहरुले खुलेरै बिधालयको प्रशंसा गरिरहेका थिए।  “यो सफलता वास्तवमा अभिभाबक, शिक्षक शिक्षिका तथा बिधार्थिहरुको सार्थक प्रयासलाई बिधालय प्रशासनले संयोजन मात्र गरेको हो र हामि सबैको सामुहिक प्रयासको नतिका हामिले पाएका हौ।” सिवाकोटीले भन्नु भयो |

 

फेसबुक प्रतिक्रियाहरु