बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • नागरिकमा निराशा एकदम डरलाग्दो छ : गगन थापा
Breaking News

नागरिकमा निराशा एकदम डरलाग्दो छ : गगन थापा

८ साउन, काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो दिनमा नागरिकहरुलाई भेट्दा महशुस गरिएका विषयबाट आफू आत्तिएको बताएका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा थापाले नागरिकमा निराशाको क्रम बढेको बताए । ‘पछिल्लो दिनहरु जे मैले महशुस गरेको छु, त्यसबाट म आत्तिएको छु । जो बाहिर जान पायो, उ खुसी छ । जो बाहिर जान पाएन, उ दुखी छ,’ थापाले बैठकमा भने, ‘गाउँको किसानदेखि शहरको सानोदेखि ठूलो उद्यम गरिहेको मान्छे कोही पनि खुसी देख्दिन । खुसी नभएको मात्रै होइन, निराश भएको देख्छु ।

भोलि राम्रो हुनेमा विश्वास नागरिकमा नभएको उनले बताए । ‘यो निराशा एकदम डरलाग्दो छ । निराशाको व्यापार एकदम राम्रो छ । त्यस्तो व्यापार गर्नेहरु हाम्रो वरिपरि जताततै छन्,’ थापाले भने ।

महामन्त्रीका रुपमा प्रस्तुत गरिएको प्रतिवेदनमा कतिपयले लान्छना लगाएको उल्लेख गर्दै त्यसलाई वेवास्ता गर्ने सोच बनाएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु